नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री

सारांश

  • भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यै नभएको स्पष्ट पारेकी छिन् ।
  • मंगलबार नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा विदेशमन्त्री स्वराजले यस्तो बताएकी हुन् ।
  • उनले नेपाल–भारत सम्बन्ध धेरै सुमधुर रहेको र यसलाई आगामी दिनमा अझै उचाईमा पुर्याउनुपर्ने बताएकी छिन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यै नभएको स्पष्ट पारेकी छिन् । मंगलबार नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा विदेशमन्त्री स्वराजले यस्तो बताएकी हुन् । उनले नेपाल–भारत सम्बन्ध धेरै सुमधुर रहेको र यसलाई आगामी दिनमा अझै उचाईमा पुर्याउनुपर्ने बताएकी छिन् ।

त्यस्तै, विदेश सचिव विजय केशव गोख्लेसँगपनि पत्रकारहरुले भेटवर्ता गरेका थिए । भेटमा सचिव गोख्लेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि भारतले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । त्यस्तै, उनले विगतका तिता मिठा अनुभवबाट सिक्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?