पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
३१ पटक हेरिएको
Shares
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

सारांश

  • पोखरामा करिब ६० प्रतिशत मत खसेको छ ।
  • २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् ।
  • अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो ।

पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने काँग्रेसले जितेका हुन् ।

अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राति १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?