‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०८०
|
|
२७ पटक हेरिएको
Shares
‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व

सारांश

  • काठमाडौं।
  • चलचित्र ‘परदेशी-२’को ट्रेलर सार्वजनिक गरिएको छ।
  • दशैँको अवसर पारेर यही शुक्रबार २६ असोजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी-२’को ट्रेलर सार्वजनिक गरिएको हो।

काठमाडौं। चलचित्र ‘परदेशी-२’को ट्रेलर सार्वजनिक गरिएको छ। दशैँको अवसर पारेर यही शुक्रबार २६ असोजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी-२’को ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले घरमा सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना चित्रण गरिएको छ । ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व देखिन्छ।

नारायण रायमाझीले निर्देशन गरेको चलचित्रमा प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको छ। चलचित्रमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा छन्।

‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङलाई यो चलचित्रमा पनि सोही भूमिकामा देख्न सकिन्छ। राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्र रमेश बिजीले लेखेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?