झलनाथ र सुवासको क्षेत्रमा कस्तो छ एमालेको हालत ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
झलनाथ र सुवासको क्षेत्रमा कस्तो छ एमालेको हालत ?

सारांश

  • प्रदेश १ को इलाम जिल्ला प्रमुख दलका शीर्ष नेताका कारण चर्चामा छ ।
  • संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र पूर्व एमालेकै अध्यक्ष भैसकेका झलनाथ खनालको निर्वाचन क्षेत्र भएकाले पनि इलामलाई राजनीतिक रुपमा चासोका साथ हेर्ने गरिन्छ ।
  • दशकौंसम्म नेम्वाङ र खनाल एउटै पार्टी एमालेमा रहेर राजनीति गरेपनि हाल उनीहरु फरक पार्टीमा छन् ।

प्रदेश १ को इलाम जिल्ला प्रमुख दलका शीर्ष नेताका कारण चर्चामा छ । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र पूर्व एमालेकै अध्यक्ष भैसकेका झलनाथ खनालको निर्वाचन क्षेत्र भएकाले पनि इलामलाई राजनीतिक रुपमा चासोका साथ हेर्ने गरिन्छ ।

दशकौंसम्म नेम्वाङ र खनाल एउटै पार्टी एमालेमा रहेर राजनीति गरेपनि हाल उनीहरु फरक पार्टीमा छन् । नेम्वाङ एमालेमै छन् भने खनाल माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता हुन् । इलाम जिल्लाको इलाम नगरपालिका नेम्वाङको निर्वाचन क्षेत्र हो भने सूर्योदय खनालको निर्वाचन क्षेत्रमा पर्छ । नेम्वाङ र खनालले २०४७ सालयता लगातार निर्वाचन जित्दै आएका छन् ।

नेम्वाङको निर्वाचन क्षेत्रमा पर्ने इलाम नगरपालिकामा १२ वडा रहेका छन् । १२ मध्ये १० वटा वडाको नतिजा सार्वजनिक भैसकेको छ । वडानम्बर ७ र ८ को अन्तिम नतिजा आउन बाँकी छ । नतिजा आएकामध्ये सात वटा वडामा नेपाली काँग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भैसकेका छन् । वडानम्बर १ मा काँग्रेसका गायत्री राम बस्नेतले ११८१ मत ल्याएर विजयी बन्दा एमालेका अम्बिका गौतमले १०२२ मत ल्याएर पराजित बनेका छन् ।

त्यसैगरी वडानम्बर ४ मा काँग्रेसकै नुतनदेव ९७८ मत ल्याएर विजयी बन्दा एमालेका धनपति दुलाल ७५८ मत ल्याएर पछि पराजित भएका छन् । वडा नम्बर ५ मा पनि काँग्रेसकै काजीबहादुर श्रेष्ठसँग एमालेका गृष्म सुब्बा १७२ मतले पराजित भएका छन् । यहाँ श्रेष्ठले १४१८ मत ल्याउँदा सुब्बाले १२४६ मत पाएका छन् । वडा नम्बर ६ मा पनि काँग्रेसका दुर्गा श्रेष्ठले १२२७ मत ल्याएर निर्वाचित हुँदा एमालेका गायत्री थेगिमले ५३८ मतमा चित्त बुझाउनुपरेको छ ।

त्यस्तै वडानम्बर ९ मा काँग्रेसका गोपाल चौहान १५११ मत ल्याएर निर्वाचित हुँदा एमालेका वडाध्यक्षका उम्मेदवार ललित चौहान १०९० मा चित्त बुझाउन बाध्य भएका छन् । वडानम्बर १० मा काँग्रेसका ओमनाथ प्रधान १४ सय ८ मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार एक हजार ४८ मतमै सिमित बनेका छन् ।

वडानम्बर १२ मा काँग्रेसका लाखमान लिम्बु १००२ मत ल्याएर विजयी बन्दा एमालेका नविनकुमार लिम्बु ९२० मतमा सिमित बनेका छन् । यो नगरपालिकामा एमालेले हालसम्म वडा नम्बर २,३ र ११ मात्र हुन् । वडा नम्बर २ मा एमालेका गिरिराज रिजालले ७२४ मत ल्याएर विजयी बन्दा काँग्रेसका वीरेन्द्रबहादुर राई ६२६ मतले पराजित बनेका छन् । वडानम्बर ३ मा एमालेका हेमबहादुर सुनुवारले ८ सय मत पाएर विजयी बन्दा काँग्रेसका लिलाप्रसाद थापा क्षेत्रीले ७२७ मत पाएका छन् । जुन सयभन्दा कमको मतान्तर हो । त्यसैगरी वडानम्बर ११ मा काँग्रेसका रविन एक्तेनले ९६७ मत ल्याउदा एमालेका टासी जगेवुले १०१७ मत पाएर विजयी बनेका छन् ।

झलनाथको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकामा १४ वटा वडा रहेका छन् । मंगलबार यो समाचार तयार पार्दासम्म १४ मध्ये ५ वटा वडाको नतिजा आइसकेको छ । जसमा तीनवटा वडा १,३ र ५ मा काँग्रेसले जितेको छ भने ४ मा समाजवादी र २ मा एमालेले जितेको छ । काँग्रेसले जितेको यो वडामा एमाले र समाजवादीको मत जोड्दा १५९२ हुन्छ तर काँग्रेस उम्मेदवार ८७३ मत ल्याएर निर्वाचित भएका छन् ।

वडा नम्बर तीनमा पनि काँग्रेसले ६८४ मत ल्याएर विजयी बन्दा एमाले र समाजवादीका ११६७ भोट खेर गएको छ । वडानम्बर ५ मा पनि समाजवादीले दोस्रो नम्बरमा ६६९ मत ल्याएको छ एमाले तेस्रो बन्दा पनि ६४४ मत पाएको छ तर ७५१ मत ल्याएर काँग्रेसले जितेको छ । वडा नम्बर ४ मा भने नेकपा एसका शरण राईले जितेका छन् ।

उनले ११६१ मत ल्याउँदा काँग्रेसले ९९९ एमालेले ४३९ मत ल्याएको छ । वडा नम्बर २ मा भने एमाले उम्मेदवारले ६२१ मतसहित जितेका छन् । यो वडामा मतका हिसावले काँग्रेस दोस्रो ४७८ र समाजवादी ४२९ मतसहित तेस्रो स्थानमा छ । ५ मध्ये १,३,५ गरी तीनवटै वडामा एमाले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?