चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
२० पटक हेरिएको
Shares
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

सारांश

  • काठमाडौं २२,माघ।
  • चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्।
  • उनले बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेकी छन्।

काठमाडौं २२,माघ।चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेकी छन्।

ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनेर यस्तो निर्णय गरेको बताएकी छन्। उनी २०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन्।

आफ्नो तीन महिनाको तलब उनका श्रीमान् रवी लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको समेत विज्ञप्तिमा भनेकी छन्। उनले आफ्नो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने समेत बताएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?