डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..

सारांश

  • सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ ।
  • नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो ।
  • नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी रहेकाले नगरपालिकाले प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो ।नगर प्रमुख बासुदेव थापाले डेङ्गु रोग नियन्त्रणका लागि प्रयास जारी रहेकाले नगरपालिकाले प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको बताउनुभयो । डेङ्गु नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्न गर्ने उल्लेख गर्दै प्रमुख थापाले प्रत्येक वडाले आफ्नो वडाभित्र निरन्तर माइकिङ गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र डेङ्गु नियन्त्रणबारे नगरवासीलाई सचेत गराइने जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीले डेङ्गु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताउनुभयो । नगरपालिका स्वास्थ्य एकाइ संयोजक वसन्त चापागाईंले डेङ्गु सङ्क्रमण बढेपछि प्रत्येक स्वास्थ्यचौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेङ्गुबारे जनचेतना अभियान चलाइएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह
प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह
निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
समानुपातिकमा पुरुषलाई राहत
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
टर्कीए भूकम्पः बाइस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः बाइस हजारभन्दा बढीको मृत्यु
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
२९ औं प्रधानन्यायाधीश जबरा सिफारिस पछि जोशीको यस्ताे प्रतिक्रिया
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार
घोराही सिमेण्टको सगरमाथा ब्राण्ड गुणस्तरहीन, बिक्रीवितरण रोक्न पत्राचार

तपाईंले छुटाउनुभयो कि?