देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने

सारांश

  • काठमाडौं, १६ फागुन ।
  • सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रियशोक मनाउने निर्णय गरेको हो ।

काठमाडौं, १६ फागुन । सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रियशोक मनाउने निर्णय गरेको हो ।

यसक्रममा सरकारले आजका लागि देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय शोक मनाउने क्रममा देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । यस्तै, दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

दुर्घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन यथाशीघ्र पेश गर्न सरकारले गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम १० बमोजिम चार सदस्यीय दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ ।

आयोगको अध्यक्षमा सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतम छन् भने सदस्यहरुमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
राजनीतिको उच्चतम बिन्दुमा पुग्नु नै मेरो लक्ष्य हो : विनोद चौधरी
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
डडेल्धुरामै रिक्स जोनमा देउवा, काँग्रेस ८ हजार मतले पछाडि आगामी निर्वाचन पेचिलो हुने ।
10 Free Mixte Relationship Sites & Software For Black And White Lonely women
स्टकमा धर्ना बस्न खोज्ने पक्राउ
स्टकमा धर्ना बस्न खोज्ने पक्राउ
कुस्ती खेलाडी छानिए
कुस्ती खेलाडी छानिए
कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम
सांसद बन्ने होडमा करिश्मा पार्टीले राख्यो बन्दसूचीको एक नम्बरमा नाम
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता

तपाईंले छुटाउनुभयो कि?