राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
सारांश
- सुर्य प्रसाद अधिकारी असार२६, चितवन।
- राष्ट्र्रबैकले देशभर ऋण प्रवाहमा कडाई गरेसंगै त्यसको असर चितवनका गाडी व्यवसायीहरुमा पनि परेको छ।
- राष्ट्रबैकको नीतिका कारण यहांँका व्यवसायीहरुमा निराशासमेत छाएको छ ।
सुर्य प्रसाद अधिकारी
असार२६, चितवन। राष्ट्र्रबैकले देशभर ऋण प्रवाहमा कडाई गरेसंगै त्यसको असर चितवनका गाडी व्यवसायीहरुमा पनि परेको छ। राष्ट्रबैकको नीतिका कारण यहांँका व्यवसायीहरुमा निराशासमेत छाएको छ ।अघिल्ला बर्षहरुमा शोरुमहरुमा गाडी किन्नेहरुको बाक्लै भीडभाड देखिएपनि पछिल्लो समय शोरुमहरु शुनशान भेटिन्छन। अर्कोतर्फ पचास प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने र बैकको व्याजसमेत बढेका कारण सेवाग्राही दोहोरो मारमा परेका छन । राष्ट्र बैंकले कमसिर्यल बैंक तथा वित्तिय संस्थालाई परिपत्र जारी गर्दै सवारी कर्जामा कडाई गरेपछि बिक्रि घटेको हो ।
अटोबजारको प्रशस्त संभावना भएको जिल्लामा इच्छामात्र हुने ग्राहकले गाडी किन्न सक्ने क्षमता छैन। हाल राष्ट्रबैंकको निर्देशन अनुरुप बैकहरुले नीजि गाडी कर्जामा लगानी गर्न हिच्काइरहेका छन कारण अधिकांश नीजि गाडीहरु अनुत्पादक काममा प्रयोग गरिन्छ। भरतपुरमा रहेको पिनाकल टे्रडिङ्ग कन्सर्नका सेल्स मेनेजर माधव गीरी ले अघिल्लो बर्ष ५०० भन्दा बढी गाडी बिक्री भएको भएतापनि पछिल्लो समय उनको शोरुममा ५० देखि ७० प्रतिशत गाडी बिक्रीमा कमी आएको बताए। हयाण्डाई ब्राण्ड भएको उत्त शोरुममा १८ लाख देखि १ करोड २० लाख सम्मका गाडी बिक्रीमा राखिएका छन।
अटोवेज प्रा.लिका निर्देशक एवं अटोमोवाइल डिलर एशोशियसनका सचीव इन्द्र रेग्मीको भनाईपनि गिरीकै भनाइसँंग मेल खान्छ।, ‘अघिल्लो बर्षहरुमा भन्दा यसबर्ष ५० प्रतिशत बिक्री घटेकै हो, उनले भने, बैकले ऋण प्रवाहमा कडाई गरेपछी हामी व्यवसायी लगायत सेवाग्राही समेत मर्कामा परेका छौं’ । उनको शोरुममा टोयोटा जापनीज ब्राण्डका गाडीहरु बिक्री गरेको बताउंदै बैकको ऋण सहज नहुँंदा उनको शोरुममा उच्च बर्गका व्यत्ति आउने गरेतापनि हाल ती बर्ग आउने संख्या पनि न्युन हुदै गएको रेग्मीको तर्क छ । शो शोरुममा ३३ लाख देखि ३ करोडसम्मका गाडीहरु पाईन्छन ।
भरतपुरको चौबीसकोठीबाट हाकिमचोक सम्मको दुरीमा मात्रै १५ वटा भन्दा बढी अन्तराष्ट्रिय बा्रण्डका गाडी शोरुम छन । केही समयमात्रै गाडी शोरुम राखेका युवा व्यवसायी दाताराम घिमिरे पनि नीजी गाडीको बिक्री घटेको स्वीकार्छन । ‘गत बर्ष मेरो शोरुममा गाडी बुकीङ्ग र किन्न आउनेको भीड हुन्थ्यो उनले भने, अहिले मेरा नियमित ग्राहकहरुले गाडी बुकीङ्ग त गरेका छन तर बैकले सहजरुपमा ऋण नदिँदा बिक्री रोकिएको छ’ । अधिकांश व्यवसायीको पीडा र गुनासो उस्तै छ । चितवनमा सबैभल्दा गाडी कर्जामा लगानी गर्ने एनआइसी एसिया बैकका सहायक रिलेसन मेनेजर सुरज गीरीले अघिल्लो बर्षभन्दा अहिले गाडी कर्जाका ग्राहक ८० प्रतिशत भन्दा बढी घटेको बताए। अघिल्लो बर्ष ३०० भन्दा बढी गाडी कर्जा प्रवाह भएतापनि यस बर्ष मुश्किलले १०० गाडीको मात्रै ऋण प्रवाह भएको उनको भनाई छ । ‘राष्ट्रबैकको नीति, निर्देशन हो हामीले मान्नैपर्छ उनले भने, राष्ट्रबैंकले कर्जा कडाई गरेपछि बिजीनेशमा हस त आएको छ संगै रिस्क फ्याक्टर पनि कम भएको छ’ ।
अटो मोवाईल डिलर एसोसिएसनका अध्यक्ष इश्वर श्रेष्ठका अनुसार अघिल्लो बर्ष १ हजार १ सय जीप कार बिक्रि भएको थियो । १० हजार मोटरसाईकल बिक्रि भएको थियो । कार ,जीप र मोटरसाईकल गरेर करिब ५ अर्बको कारोबार भएको थियो । ‘ २०१७ सुरु भएपछि बैंकले कर्जामा कडाई ग¥यो, गाडी बिक्रि ७५ प्रतिशतले घट्यो ,’ श्रेष्ठले भने,‘ यसमा बैंकले लचकता अपनाउन जरुरी छ ।
बिशेषगरी चितवनमा सडक यातायातको सहजता छ । जहांँ अधिकांश उद्योगी, व्यपारी, डाक्टर, इन्जिनियर, पोल्ट्री व्यवसायी र जग्गाको कारोबार गर्ने व्यत्तिले गाडी चढ्ने गरेको व्यवसायीहरुको अनुभव छ । राष्ट्रबैकले गएको फेब्रुहरी देखि अटोलोनमा कडाईगरी मातहतका बैकहरुलाई निर्देशन जारी गरेपछि यस व्यवसायमा ह्रास आएको हो ।
प्रतिक्रिया