कुन भिटामिनले पेटको बोसो कम हुन्छ ? थाहा पाउनुहोस् यसको स्रोत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २८, २०७९
|
|
२५ पटक हेरिएको
Shares
कुन भिटामिनले पेटको बोसो कम हुन्छ ? थाहा पाउनुहोस् यसको स्रोत

सारांश

  • तौल घटाउनु सजिलो कुरा होइन ।
  • यसका लागि कडा मिहिनेत र स्वस्थ खानपानको आवश्यकता पर्छ ।
  • विशेषगरी तौल कम गर्नका लागि उत्कृष्ट डाइटको छनोट गर्न अत्यावश्यक छ ।

तौल घटाउनु सजिलो कुरा होइन । यसका लागि कडा मिहिनेत र स्वस्थ खानपानको आवश्यकता पर्छ । विशेषगरी तौल कम गर्नका लागि उत्कृष्ट डाइटको छनोट गर्न अत्यावश्यक छ । हाम्रो खानामा पाइने पोषक तत्वले तौल घटाउन महत्वपूर्ण भूमिका निभाउँछ । केही यस्ता भिटामिन र मिनरल्स छन् जसको मद्दतले तपाईं तीब्र रुपमा आफ्नो तौल घटाउन सक्नुहुन्छ साथै यसमार्फत् शरीरलाई थुप्रै लाभसमेत प्रदान गर्न सक्नुहुन्छ । आज हामी यो लेखमा बेली फ्याट कम गर्ने भिटामिनबारे थाहा पाउनेछौँ ।

तौल कम गर्ने भिटामिन

शरीरको बढ्दो तौल र पेटको बोसो कम गर्नका लागि विभिन्न प्रकारका भिटामिनले मद्दत गर्नसक्छन् । आउनुहोस्, यसबारे सबिस्तार जानकारी लिऔँ ।

भिटामिन बी कम्प्लेक्स

तौल घटाउनका लागि भिटामिन बी कम्प्लेक्स निकै असरदार हुन्छ । भिटामिन बीमा थायमिन (बी–वान), राइबोफ्लेबिन (बी–टु), नियासिन (बी–थ्री), पेन्टोथेनिक एसिड (बी–फाइभ), पाइरिडोक्सिन (बी–सिक्स), बायोटिन (बी–सेभेन), फोलेट (बी–नाइन), कोबालिन (बी–१२) समावेश हुन्छन् । यी सबै भिटामिन मेटाबोलिजमलाई बुस्ट गर्न असरदार हुनसक्छन् । यसले तपाईंको शरीरको तौल कम हुन्छ ।

शरीरमा भिटामिन बीको कमी पुरा गर्नका लागि तपाईं गुडागुडी, मुसुरोको दाल, दुध, अण्डा, केरा, आलुजस्ता खानेकुराको सेवन गर्न सक्नुहुन्छ । यी आहारमा भिटामिन बी भरपुर मात्रामा हुन्छ ।

भिटामिन डी

भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्वमध्ये एक हो । यसले तपाईंको शरीरको प्रतिरोधी क्षमता वृद्धि गराउँछ । सूर्यको किरणबाट भिटामिन डी पर्याप्त मात्रामा पाउन सकिन्छ । यद्यपि, यदि तपाईं घरभित्र बस्नुहुन्छ वा यस्तो वातावरणमा बस्नुहुन्छ जहाँ सूर्यको किरण कम आउँछ तब यसको पूर्तिका लागि केकी विशेष खाद्य पदार्थ जस्तै दुध, माछा, अण्डा, पनिर इत्यादिको सेवन गर्न सकिन्छ ।

शरीरमा भिटामिन डी तौल कम गर्नमा प्रभावकारी हुने गर्छ । अनुसन्धानले पनि भिटामिन डीको सप्लिमेन्ट लिँदा शरीरको तौल नियन्त्रणमा रहेको देखाएको छ ।

भिटामिन सी

भिटामिन सी अन्य भिटामिसको अवशोषणका लागि आवश्यक हुन्छ । एरिजोना स्टेट युनिभर्सिटीको अध्ययन अनुसार भिटामिन सीयुक्त आहार लिँदा शरीरमा फ्याट तीब्र रुपमा बर्न हुने गर्छ । यसबाहेक भिटामिन सी फ्याट अमिनो एसिडको उत्पादनमा पनि सहयोगी हुनसक्छ । यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने भिटामिन सीले भरपुर खानेकुरा खानुहोस् । शरीरमा भिटामिन सीको पूर्तिका लागि अमिलो खानेकुरा जस्तै मौसम, कागती, सुन्तला, भुँइकटहर, गोलभेडालगायतका खानेकुरा खानुहोस् ।

तौल कम गर्नका लागि यी भिटामिनलाई आफ्नो खानामा समावेश गर्नुहोस् । यद्यपि, तौल वा पेटको बोसो कम गर्नका लागि खाद्य पदार्थका साथै शारीरिक व्यायामको पनि आवश्यकता हुन्छ । त्यसैले सन्तुलित आहारका साथै नियमित रुपमा हल्का–फुल्का व्यायाम पनि गर्नुहोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
कर्मचारीको स्वार्थमा हुने अनियमित विदेश भ्रमणमा प्रधानमन्त्री ओलीले गरे यस्तो प्रहार
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध नयाँ उचाइमा : प्रम ओली
महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा सत्र मजदूर मारिए
महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा सत्र मजदूर मारिए
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
काठमाडौं महानगरको मतगणना सुरू
काठमाडौं महानगरको मतगणना सुरू
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
नेपालको राजनीतिक परिवर्तनले विश्वको ध्यान आकर्षित : प्रचण्ड
नेपालको राजनीतिक परिवर्तनले विश्वको ध्यान आकर्षित : प्रचण्ड
फिल्म निर्माता गोविन्द शाही ‘ठगी’मा पक्राउ
फिल्म निर्माता गोविन्द शाही ‘ठगी’मा पक्राउ
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन
समाचार पढ्ने क्रममा जसले आफ्नै श्रीमानको मृत्युको खवर पढिन

तपाईंले छुटाउनुभयो कि?