नेपालको राजनीतिक परिवर्तनले विश्वको ध्यान आकर्षित : प्रचण्ड
सारांश
- काठमाडौं।
- नेकपा अध्यक्ष प्रचण्डले नेपालले विश्वको ध्यानाकर्षण गर्नेगरी ठूल्ठूला राजनीतिक परिवर्तन गरेको दाबी गरेका छन्।
- उनले नेपाल गरिव भएपनि यसले केही दशकयता गरेको राजनीतिक परिवर्तनले विश्वकै ध्यानाकर्षण गराएको दाबी गरे।
काठमाडौं। नेकपा अध्यक्ष प्रचण्डले नेपालले विश्वको ध्यानाकर्षण गर्नेगरी ठूल्ठूला राजनीतिक परिवर्तन गरेको दाबी गरेका छन्। उनले नेपाल गरिव भएपनि यसले केही दशकयता गरेको राजनीतिक परिवर्तनले विश्वकै ध्यानाकर्षण गराएको दाबी गरे।
बुधबार जययुद्ध दिवसको अवसरमा नेकपाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनको जगमा नेपालले राजनीतिक परिवर्तनको क्षेत्रमा चमत्कारनै गरेको दावी गरे। अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टी एकता, एकताको जगमा दुई तिहाई लोकतान्त्रिक जनमतसहितको सरकार बनाएर नेपालले विश्व कम्युनिष्ट पार्टीमा समेत गर्व गर्न लायक काम गरेको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले पार्टी भित्रको एकतालाई मजदुत बनाएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए। दुई पार्टीबीचको एकतामा फाटो ल्याउन प्रतिक्रियावादीहरुले षड्यन्त्र गरिरहेको उल्लेख गर्दै उनले त्यो षडयन्त्रलाई चिरेर अघि बढन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराए।
अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिको अभियानमा सहकार्य गरेर अघि बढन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई पनि अपिल गरे। अध्यक्ष दाहालले मुलुकको सार्वभौम अखण्डतालाई कायमै राखेर मुलुकलाई समृद्ध बनाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहितका सबै राजनीतिक दलहरुबीच सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता औंल्यए।
उनले जनताको अपेक्षा अनुसार मुलुकलाई समृद्ध बनाउन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका सहयात्री दलहरुबीच समझदारीको आवश्यक्ता रहेकोे पनि दोहो¥याए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया