आजको मौसम: चार प्रदेशमा राती बर्षा र चटयाङको सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ५, २०७९
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ।
  • मौसम पुर्वानुमान शाखका अनुसार देशका पहाडी भू–भागका केहि स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौं। दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ। मौसम पुर्वानुमान शाखका अनुसार देशका पहाडी भू–भागका केहि स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ।

देशभर आंशिक देखि सामान्य बदली रहने तथा पहाडी भू–भागका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने भएकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको उक्त मौसम पुर्वानुमान शाख चेतावनी दिएको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु मौसम पुवानुमान शाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?