अाज वैशाख १४ गते: कहाँ के-के घटना घटे ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अाज वैशाख १४ गते: कहाँ के-के घटना घटे ?

सारांश

  • लागूऔषध सहित पक्राउ   काठमाडौं  काठमाडौं महानगरपालिका–१६ पक्नाजोल स्थित काठमाडौं स्पोर्ट क्लाइमबिङ्गबाट पासपोर्ट नम्बर ६५९५३१८ बाहक रसियन नागरिक एब्ख्भ्ी ऋज्भ्ीथ्ब्त्क्ष्ल् लाई लागूऔषध चरेस १५।
  • ४५ ग्राम, डिफिलेक नामक चक्की ६ थान र अल्बेन्डाजोल नामक चक्की १२ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
  • कास्की  पोखरा लेखनाथ महानगरपालिका–५ प्रस्यार्ङ बस्ने महोतरी बर्दीबास नगरपालिका–४ घर भएका २७ वर्षीय दिनोक पाण्डे तथा धनुषा मिथिला नगरपालिका–४ घर भएका २४ वर्षीय मुक्तिकुमार बुढाथोकीलाई प्रहरीले विभिन्न लागूऔषध सहित पक्राउ गरेको छ ।

लागूऔषध सहित पक्राउ  

काठमाडौं  काठमाडौं महानगरपालिका–१६ पक्नाजोल स्थित काठमाडौं स्पोर्ट क्लाइमबिङ्गबाट पासपोर्ट नम्बर ६५९५३१८ बाहक रसियन नागरिक एब्ख्भ्ी ऋज्भ्ीथ्ब्त्क्ष्ल् लाई लागूऔषध चरेस १५।४५ ग्राम, डिफिलेक नामक चक्की ६ थान र अल्बेन्डाजोल नामक चक्की १२ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कास्की  पोखरा लेखनाथ महानगरपालिका–५ प्रस्यार्ङ बस्ने महोतरी बर्दीबास नगरपालिका–४ घर भएका २७ वर्षीय दिनोक पाण्डे तथा धनुषा मिथिला नगरपालिका–४ घर भएका २४ वर्षीय मुक्तिकुमार बुढाथोकीलाई प्रहरीले विभिन्न लागूऔषध सहित पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखराबाट खटिएको प्रहरी टोलीले बिहीबार बुढाथोकीलाई पोखरा लेखनाथ महानगरपालिका–९ महेन्द्रपुल स्थित ज्योति होटेल एण्ड रेष्टुरेण्टबाट झोलामा लुकाई राखेको लागूऔषध नाईट्रोसन १ सय २४ ट्याब्लेट, गाँजा १० ग्राम र १ थान मोबाईल तथा पाण्डेलाई हेलमेट भित्र लुकाई राखेको अवस्थामा नाईट्रोसन ३० ट्याब्लेट, मोवाईल २ थान र ग।१३ प ६७८ नम्बरको सुजुकी मोटरसाईकल १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु 

कैलाली  चुरे गाउँपालिका–५ भासुभिरमा बा।१ क ४६९९ नम्बरको रोलरका चालक महेश वि।क। बिहीबार रोलरबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ ।
पर्सा  पर्सागढी नगरपालिका–३ पारस चोकमा ना।५०प ११२६ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक बारा सिमरा उपमहानगरपालिका–१७ बस्ने २५ वर्षीय बिक्रम चौधरी गम्भीर घाइते भएकाले उपचारको लागि न्यूरो अस्पताल बिरगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
धादिङ  गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा शुक्रबार बिआर ५५ क्यूएच ८६३० नम्बरको ग्याँस बुलेट अनियन्त्रित भई सडकबाट करीब २० मिटर तल त्रिशुली नदीमा खस्दा चालक भारत जम्बु रजौरी बस्ने ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 काँटा च्याप्ने मेशिनले लागेर मृत्यु 
काठमाडौं,
टोखा नगरपालिका–९ स्थित धर्मकाँटामा काम गर्ने क्रममा भारत मोतिहारी घर भई सोही ठाउँ बस्ने २५ वर्षीय अमुदकुमार पासवान काँटा च्याप्ने मेशिनले लागेर गम्भीर घाइते भएकाले उपचारको लागि बसुन्धारा स्थित विपि स्मृति अस्पताल पठाइएकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लडेर मृत्यु 
भोजपुर
अरुण गाउँपालिका–३ विजयवास बस्ने ७२ वर्षीय रत्नबहादुर भुजेलको लडेर मृत्यु भएको छ । घर छेउको बासँघारीमा बास काट्ने क्रममा बिहीबार करीब ३५ फिट तल खस्न गई टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भुजलेको प्राथमिक स्वास्थ्य केन्द्र प्याउली भोजपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नगद लगायतका धनमाल चोरी 

काठमाडौं  काठमाडौं महानगरपालिका–६ सरस्वातीनगर डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका दिपकराज खरेलको कोठाबाट बिहीबार सुनको चुरा २ थान र सुनको तिलहरी १ थान समेत गरी करीब १ लाख ५ हजार रुपैयाँ बराबरको चोरी भएको छ ।
भक्तपुर  सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने देवकुमार भण्डारीको नगद ३ लाख रुपैयाँ चोरी भएको छ । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालयमा बिहीबार जग्गा पास गर्नको लागि झोलामा राखेको नगद ३ लाख काउन्टरमा राखी फोटो खिच्न जाँदा नगद सहितको झोला चोरी भएको थियो । फरार चोरहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु
जाजरकोट
वारेकोट गाउँपालिका–५ नायकवाडा घर भई सोही ठाउँ स्थित घाटबजार पसल गरी बस्ने कृष्णबहादुर सिंहको १५ वर्षीया छोरी सावित्रा सिंहको बिहीबार नलगाड खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 चट्याङ लागेर मृत्यु 
गुल्मी
सन्धिखर्क नगरपालिका–११ डिर्भाना घर भई माइतीघर मदाने गाउँपालिका–४ बस्ने ४५ वर्षीया हिमा क्षेत्री रानाको बिहीबार चट्याङ लागेर मृत्यु भएको छ ।
 आगलागीबाट धनमाल क्षति 

मकवानपुर  मनहरी गाँउपालिका–१ गोगनपानी बस्ने अकिलमान घलानको कच्ची घरमा बिहीबार करेन्ट सर्ट भई आगलागी हुँदा घर र घरमा रहेको नगद, लत्ताकपडा, भाँडावर्तन लगायतका सामनहरु जलेर करीब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
खोटाङ  खोटेहाङ गाउँपालिका–७ धनमुडा बस्ने शिवकुमार सापकोटाको कच्ची घरमा बिहीबार करेन्ट सर्ट भई आगलागी हुदाँ घर भित्र रहेको लत्ताकपडा, अन्नपात भाँडावर्तन जलेर करीब ५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानिय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?