फेशन डिजाइनर काजल युरोपमा सम्मानित
सारांश
काठमाडौँ : चर्चित फेशन डिजाइनर काजल युरोपमा सम्मानित भएकी छिन l एन आर एन ए बेल्जियम तथा जन सम्पर्क समिति बेल्जियमले काजल क्रियसनकि संचालिका चर्चित फेशन डिजाइनर काजललाइ सम्मान गरेको हो l
एन आर एन ए बेल्जियमका सस्थापक अधक्ष्य रबिन्द्र मान श्रेष्ठ, एन आर एन ए बेल्जियमका अधक्ष्य गंगाधर गौतम, एन आर एन ए एन सी सी बेल्जियमकि महिला संयोजक सपिला राजभण्डारी, एन आर एन ए एन सी सी बेल्जियमकि महिला सह संयोजक रजनी प्रधान, आइ सी सी सदस्य जानकी गुरुङ, जन सम्पर्क समिति बेल्जियमकि अधक्ष्य सिता सापकोटा, कलाकार संघ बेल्जियमकि अधक्ष्य पार्वती अधिकारि, मिरा डंगोल गुरुङ, योगिता थापा, सरस्वति महर्जन लगायतका अन्य बेल्जियम बासीले चर्चित फेशन डिजाइनर काजललाइ सम्मान पत्र सहित उनले फेशन संसारमा पुर्याएको योगदान तथा युरोपमा समेत नेपाली फेशनलाइ चिनाउने काम गरेर अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउने काम गरे स्वरुप उनलाई कदर गरेको थियो l अहिले काजल क्रियसन बुटिकले नेपाल देखि युरोप सम्म आफ्नो संजाल फैलाउदै गएको छ l
छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ l विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएको काजल क्रियसनले अहिले युरोपको विभिन्न शहरमा समेत आफ्नो उत्पादन तथा कलालाई बिस्तार गरेको छ l फेशन सम्बन्धि आफ्नो काम तथा नेपाली फेशनलाइ बिस्व सामु कसरि चिनाउन सकिन्छ, नेपाली उत्पादन ढाका बाट बनेका कपडा तथा ढाका बाट तयार भएका ड्रेसहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रबर्धन गर्न लागि परेकी काजल क्रियसनकि म्यानेजिङ डाइरेक्टर चर्चित फेशन डिजाइनर काजलले बेल्जियममा गएर त्यहा भएका नेपाली दिदि बहिनिहरुलाई समेत आफ्नो काम अनि काजल क्रियसनले नेपाली फेशन दुनियामा पुर्याएको योगदान तथा ड्रेस डिजाइन सम्बन्धि जानकारी गराइएकि छिन l
एक महिना लामो आफ्नो ब्यबसायिक भ्रमणमा काजलले युरोप निबासी दिदि बहिनीहरुलाई आफ्ना उत्पादन, डिजाइन तथा विश्वमा चलि रहेको फेशन ट्रेन्ड सम्बन्धि जानकारी गराएकी थिइन l काजल भन्छिन युरोपमा समेत नेपाली ड्रेस डिजाइनको माग राम्रो भएको हुदा हामीले आफ्नो देशको उत्पादनलाई बिस्व बजार सामु लान सके सबैलाई फाइदा मुलक हुने तथा नेपाली बजारले अन्तराष्ट्रिय बजारमा ख्याति कमाउदै नेपालको नाम पनि हुने बताउछिन l
प्रतिक्रिया