यो वर्ष मात्रै १८ ठूला पहिरो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए ।
  • पहिरोमा परेर २६० जनाको ज्यान गयो ।
  • त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो ।

यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए । पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो । त्यो पहिरोमा परेर ६३ जनाको ज्यान गयो भने २० जनाभन्दा धेरै हराइरहेका छन् । यो बर्ष नेपालमा जुन १२ मा मनसुन भित्रिएको थियो । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यस वर्षको मनसुन अवधिमा पहिरोबाट २५० भन्दा धेरै र बाढीबाट ३६ जनाको ज्यान गएकोे छ । केन्द्रका अनुसार पहिरोमा परी ५० भन्दा धेरै जना र बाढीले बगाएर ३५ जना बेपत्ता भएका छन् ।

मनसुन अझै सकृय छ । मनसुन अवधिमा ४३६ स्थानमा पहिरो गएको थियो । पहिरोका कारण ६६४ परिवार प्रभावित र १ सय ९० जना घाइते भएको केन्द्रले जनाएको छ । यसैगरी, मनसुन अवधिमा ७९ वटा बाढीका घटना भएको केन्द्रले जनाएको छ । बाढीबाट ४ ६४ परिवार प्रभावित भए भने नौ जना घाइते भएका थिए । आइतबार बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये मध्यान्नसम्म सात जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिनुभयो । पहिरोमा अझै २४ जना हराइरहेको अनुमान गरिएको उहाँले बताउनुभयो ।

शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो । नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ–ठाउँमा पहिरो गएको छ । माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उहाँले बताउनुभया । यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो । पहिरोको कुनै पनि जोखिम नभएको ठाउँमा पहिरो गएपछि क्षति धेरै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरू ठाउँहरू हेरेका थियौं, चिरा परेका ठाउँ थिए, यहाँ पहिरो जाने सम्भावना देखिएको थिएन ।’ घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ ।

नेपालमा प्रतिवर्ष विभिन्न विपद्बाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक तीनसय जनाको मृत्यु बाढीपहिरोका कारण हुने गरेको छ । यस वर्ष मनसुन सुरु भएयता ११४ जनाले ज्यान गुमाइसकेका छन् भने ४३ जना बेपत्ता छन् । सबैखालका विपद् गरेर नेपालले हरेक वर्ष औसतमा एक अर्ब २१ करोड रुपैयाँबराबरको नोक्सानी बेहोर्नुपरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
भदौ २८ गते आइतवारको राशिफल यस्तो छ
भदौ २८ गते आइतवारको राशिफल यस्तो छ
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
सुन्दरीको जालमा भिआईपी, यसरी गर्छन् ब्ल्याकमेल
सुन्दरीको जालमा भिआईपी, यसरी गर्छन् ब्ल्याकमेल
माटो जोगाउँदै तुलसीपुरका किसान: गड्यौला मलको प्रयोगबाट हरित क्रान्ति र आम्दानी
माटो जोगाउँदै तुलसीपुरका किसान: गड्यौला मलको प्रयोगबाट हरित क्रान्ति र आम्दानी
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज
दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै
आज सरकार गठन र पार्टी एकताबारे छलफल गर्न एमाले बैठक बस्दै