केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
२७ पटक हेरिएको
Shares
केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

सारांश

  • काठमाडौ ।
  • केन्याविरुद्ध आफ्नो पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
  • नैरोबीस्थित जिमखान क्लब ग्राउन्डमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

काठमाडौ । केन्याविरुद्ध आफ्नो पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नैरोबीस्थित जिमखान क्लब ग्राउन्डमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

पहिलो पटक यी दुई टिमले टी−२० अन्तरराष्ट्रियमा प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपाल विश्व टी−२० आई वरीयतामा १४ औं र केन्या ३० औं स्थानमा रहेको छ। पाँच खेलको सिरिजअन्तर्गत दोस्रो टी-२० भदौ १० मा हुनेछ।

नेपालले टी-२० सिरिजपछि घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल १७ भदौमा हुँदा दोस्रो खेल १८ भदौमा हुनेछ।

आजको खेलमा नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, विवेक यादव, पवन सर्राफ र सोमपाल कामी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?