यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)
सारांश
- काठमाडाै, २९ जेठ ।
- आसुसेन फिल्मसको ब्यानरमा बन्ने चौथो चलचित्र ‘मेरी मामु’ युनिटले लिड राेलमा नायिका फाइनल गरेकाे छ ।
- आसुसेन फिल्मसका चेयरमेन तथा निर्माता सन्ताेष सेनले दिएकाे जानकारी अनुसार लिडराेलमा डेब्यू नायिका कुसुम गुरुङ फाइनल भएकि हुन ।
काठमाडाै, २९ जेठ । आसुसेन फिल्मसको ब्यानरमा बन्ने चौथो चलचित्र ‘मेरी मामु’ युनिटले लिड राेलमा नायिका फाइनल गरेकाे छ ।
आसुसेन फिल्मसका चेयरमेन तथा निर्माता सन्ताेष सेनले दिएकाे जानकारी अनुसार लिडराेलमा डेब्यू नायिका कुसुम गुरुङ फाइनल भएकि हुन ।
सेनका अनुसार लण्डन निवासी कुसुमले आसुसेन ब्यानरबाट चलचित्रमा डेब्यू गर्दैछिन् । थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छिन् ।
अभिनयलाई आफ्नो लक्ष्य मान्ने कुसुम नेपाली चलचित्र क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवार संगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।
बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामु मा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने छन ।
चलचित्रको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ भने अहिले राजनधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ ।
यहि अषाढ ३ गतेबाट छायांकन थालिने चलचित्र मेरी मामु को बाँकि कलाकार बिहिबार फाइनल हुने निर्माता सेनले बताए ।
यस अघि चलचित्र चंखे,शंखे,पंखे, प्रेमगीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेका सेन चलचित्र प्रेम गीत २ मा आफै अभिनय गरेर अझ बढी चर्चामा रहेका थिए । 
प्रतिक्रिया