कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा दुई ‘भक्त’को चर्चा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा दुई ‘भक्त’को चर्चा  !

सारांश

  • काठमाडौं , ९ साउन ।
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा दुईजना निर्वाचित सांसदको चर्चा चलेको छ।
  •  चर्चामा रहेका दुवै युवा नेता पूर्व एमालेका संसद हुन्।

काठमाडौं , ९ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा दुईजना निर्वाचित सांसदको चर्चा चलेको छ।  चर्चामा रहेका दुवै युवा नेता पूर्व एमालेका संसद हुन्।   मन्त्री बन्ने चर्चामा रहेका सांसदहरुमा दुवै ‘भक्त’ हुन्।  एकजना हुन् भानुभक्त ढकाल ।  जो पहिलो पल्ट समानुपातिकबाट सांसद बनेका र संसदमा प्रमुख सचेतक भएर पार्टीका लागि राम्रो भूमिका निभाएर चर्चामा आएका थिए ।

दोस्रो पटक मोरंग दुईबाट निर्वाचन जितेर प्रतिनिधिसभा पुगेका ढकाल एमालेका पूर्व पोलिटब्युरो सदस्य र हाल नेकपाको केन्द्रीय रहेका छन्।  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालका पनि बिश्वास पात्र मानिन्छन।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रीका लागि अर्का चर्चित सांसद पनि ‘भक्त’ नै रहेका छन्।  चितवन जिल्लाका चर्चित र प्रिय युवा  नेता तथा जिल्लाका अध्यक्ष अनि सांसद कृष्णभक्त पोखरेल  मन्त्रीका लागि चर्चाको शिखरमा छन्   ।  दोस्रो पटक चितवन दुईबाट  निर्वाचित भएका  सांसद कृष्णभक्त पोखरेलले यो पटक चान्स पाउनु पर्ने माग पनि कार्यकर्ता र नेता पंक्तिबाट उठिरहेको छ।  भानु भक्त  कि कृष्ण भक्त भन्ने अन्तिम निर्णय प्रधान मन्त्री ओली र वरिष्ठ नेता नेपालको सहमतिबाट हुने स्रोत बताउछ।

मन्त्रालय फोड्ने पनि तयारी !

स्वास्थ्य राज्य मन्त्री पद्म अर्याललाई बढुवा गरि स्वास्थ्य मन्त्रालयबाट अन्य मन्त्रालयमा लानका लागि मात्रिका यादवको वा चक्रपाणी खनालको मन्त्रालय टुक्र्याउने चर्चा पनि चलेको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Raj Kumar Timalsina

    Ma room ma chhu aba office jana lageko

    Comment Author

    Ashok Timshina

    भानुभक्तलाइ वनाये उचितहुनेथियो,

    Comment Author

    Anita Sharma

    Bhanu bhakta lai banaye ramro…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
गगन थापालाइ ओलीको जवाफ ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
आज पुष  ३ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
आज पुष ३ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि
धितोपत्र बजार स् नेप्से १२०० नाघ्यो
धितोपत्र बजार स् नेप्से १२०० नाघ्यो
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु