म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण छु: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण छु: प्रचण्ड

सारांश

  • काठमाडौँ, १५ बैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको बताउनु भएको छ ।
  • नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पु¥याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हँुदै यो अवस्थामा आईपुगेको बताउनु भएको हो ।

काठमाडौँ, १५ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफु अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै भएको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पु¥याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफू अहिले शान्ति सम्झौता हँुदै यो अवस्थामा आईपुगेको बताउनु भएको हो ।

‘हामीले उठाएका मुद्दाहरु जनतासम्म पुरा¥उने कुरामा पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहा हुने थिइन । यस अर्थमा म अहिले जाहा छु पत्रकार र प्रेसकै कारण भएको हुँ,’ अध्यक्षले भन्नुभयो ।

‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउदा तपाईहरुले साथ दिनुभयो । पत्रकार महासंघले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्तर्क्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो ।’

नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षषपत्र बुझ्दै अध्यक्ष प्रचण्डले भन्नुभयो ।प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्द रहेको पनि प्रचण्डले वताए । संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रा कुण्ठिन नहुने गरी कानुन निर्माणमा आफनो भूमिका रहने बताउनुभयो ।

उहाँले अहिले सरकारमा जेलनेल भोगेका र सवै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहने पनि विश्वास दिलाउनुभयो । उहाँले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताउनुभयो ।

‘पत्रकार महासंघको तर्फवाट तपाईहरुले उठाउनु भएको कुरा जायज छ ।’ अध्यक्ष प्रचण्डले भन्नभयो, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु । तपाईहरुका कुरा सरकारसमक्ष पु¥याउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन
धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
सभामुखमा उमेदवारी नदिने कांग्रेसको निर्णय
सभामुखमा उमेदवारी नदिने कांग्रेसको निर्णय
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
BIMSTEC Summit will be very fruitful to achieve sustainable development: PM Oli
BIMSTEC Summit will be very fruitful to achieve sustainable development: PM Oli
घरको छत ढलान गर्ने क्रममा करेन्ट लाग्दा एक मजदूरको मृत्यु
घरको छत ढलान गर्ने क्रममा करेन्ट लाग्दा एक मजदूरको मृत्यु
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’