सरकारले कुनै पनि कर्मचारी सरुवा बढुवा र नियुक्ति गर्न नपाउने, आयोगले लगायो रोक

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २०, २०७९
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ २० भदौ ।
  • निर्वाचन आयोगले कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवामा रोक लगाएको छ ।
  • आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले सरकारलाई कुनै पनि नियुक्ति, सरुवा, बढुवा जस्ता काम नपाउने यस अघि नै निर्देशन दिइसकेको छ ।

काठमाडौ २० भदौ । निर्वाचन आयोगले कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवामा रोक लगाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले सरकारलाई कुनै पनि नियुक्ति, सरुवा, बढुवा जस्ता काम नपाउने यस अघि नै निर्देशन दिइसकेको छ । आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।

मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?