कुमालेको पेशा सङ्कटमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
१४ पटक हेरिएको
Shares
कुमालेको पेशा सङ्कटमा

सारांश

  • कञ्चनपुर, १८ माघ , पुर्खौंदेखि माटोका घर सजावट र अन्य उपयोगी सामान बनाउँदै आएका शुक्लाफाँटा नगरपालिका– १२ कालागौडीका राधे कन्हैयालाल अर्कैै पेशा रोज्ने तयारीमा हुनुहुन्छ ।
  • माटोका भाँडाको बिक्री घटेर आम्दानी नभएपछि परिवार पाल्न धौधौ हुन थालेकाले उहाँ पेशा छाड्ने मनस्थितिमा पुग्नुभएको हो ।
  • यो पेशा उहाँको तीन पुस्ताले गर्दै आएका थिए ।

कञ्चनपुर, १८ माघ , पुर्खौंदेखि माटोका घर सजावट र अन्य उपयोगी सामान बनाउँदै आएका शुक्लाफाँटा नगरपालिका– १२ कालागौडीका राधे कन्हैयालाल अर्कैै पेशा रोज्ने तयारीमा हुनुहुन्छ ।

माटोका भाँडाको बिक्री घटेर आम्दानी नभएपछि परिवार पाल्न धौधौ हुन थालेकाले उहाँ पेशा छाड्ने मनस्थितिमा पुग्नुभएको हो । यो पेशा उहाँको तीन पुस्ताले गर्दै आएका थिए । भारतीय मूलका कन्हैयालालको दुई पुस्ताले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रमा रहेको भतपुरीमा माटाका सामान बनाइ ग्रामीणदेखि शहरी क्षेत्रसम्म आपूर्ति गर्दै आएको थियो ।

बाबुको मृत्यु पछि निकुञ्जले विस्तारित क्षेत्रबाट बस्ती हटाइएकाले कुमाले परिवार कालागौँडीमा आएर बसेको हो । भतपुरीमा रहँदा माटोका गमला, पाला, खुत्रुके, घँैटा, जनावरलाई चारो खुवाउने नादलगायत सामानको माग धेरै हुन्थ्यो कन्हैयालालले भन्नुभयो, “ग्राहकको माग पूरा गर्न रात दिन काम गथ्र्यौं आम्दानी पनि गतिलो हुन्थ्यो । अब त्यो अवस्था रहेन ।”

“भतपुरीमा जस्तो माटो यहाँ छैन । माटो किन्नका लागि धेरै ठाउँ पुग्यौ तर गतिलो माटो पाउन सकिएन । गतिलो माटो नपाइदा सामानसमेत त्यति राम्रो बन्न सक्दैन”, उहाँले भन्नु भयो, “पहिला त माटो सित्तैमा पाइन्थ्यो त्यसैले सामान धेरै सस्तो हुन्थ्यो । माटो किन्नु परेकाले बनेका समान पनि महङ्गो भएको छ ।”

माटोका भाँडाकुँडा रु २०० देखि रु ५०० सम्ममा बिक्री हुँदै आएको छ । धार्मिक कार्यमा प्रयोग हुने र अन्य घरायसी कार्यका लागि प्रयोग हुने समान रु दुईदेखि रु १०० सम्ममा बिक्री हुने गरेको छ ।

टाढाको झलारी, महेन्द्रनगर र अत्तरियासम्म पु¥याएर सामान कुमाले परिवारले बिक्री गर्दै आएका छन् । बजारमा प्लास्टिक र आल्मुनियमलगायत धातुका सामान पाउन थालेपछि माटोका भाँडाकँुडा र सजावटका सामानको माग घटेको कन्हैयालालसँगै कार्य गर्दै आउनुभएका वीरपालले बताउनुभयो ।

“प्लास्टिक र आल्मुनियमलगायत धातुका सामान निकै आकर्षक, सस्ता र टिकाउ हुने भएकाले ती सामानप्रति ग्राहकको आकर्षण बढदै आएको छ”, उहाँले भन्नुभयो, “माटोका सामान वातावरणमैत्री भए पनि यसको महत्व ग्राहकले विर्सदै गएका छन् ।”

माटोका सामान बिक्री गरेर मासिक रु १० हजार कमाइ हुने गरेको कुमाले परिवारको भनाइ छ । दुई परिवारले आम्दानी बाँड्दा रु पाँच हजार भागमा पर्ने गरेको छ । “थोरै आम्दानीले परिवारको खर्च चलाउन निकै मुश्किल हुन थालेकाले अन्य पेशाको खोजीमा लागेका छौँ”, वीरपालले भन्नुभयो, “दैनिक ज्याला मजदूरी गर्दा बढी कमाइ हुन्छ । माटोमा दिनभरि घोटिँदा पनि साँझ बिहानको खाना खर्च जुटाउन धौधौ छ ।”

भारतमा माटोबाट बनेका सामान बिक्री गर्ने गाडासहित यहाँ पुगेर सस्तोमै समान बिक्री गर्न थालेपछि पनि यहाँ उत्पादन भएका समान बिक्री गर्न निकै चुनौती भएको कुमाले परिवारको भनाइ छ । पुर्खौंदेखि कुमालेको काम गर्ने कञ्चनपुरमा राधे कन्हैयालालको परिवार मात्रै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?