बाबुराम भट्टराई ‘साझा विवेकशिल’को अध्यक्ष, यस्तो छ एकताको ‘सेड्युल’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
४३ पटक हेरिएको
Shares
बाबुराम भट्टराई ‘साझा विवेकशिल’को अध्यक्ष, यस्तो छ एकताको ‘सेड्युल’

सारांश

  • काठमाडाैँ ।
  • पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एउटै चुनावमा भाग लिएपछि पछिल्लो केही समय बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपन्द्र यादव नेतृत्वको पार्टीसाग एकताको बहस पनि चलेको थियो ।
  • पार्टी एक हुने मिति समेत तय भैसकेपछि विभिन्न बाहानामा एकता भने हुन सकेन् ।

काठमाडाैँ । पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एउटै चुनावमा भाग लिएपछि पछिल्लो केही समय बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपन्द्र यादव नेतृत्वको पार्टीसाग एकताको बहस पनि चलेको थियो । पार्टी एक हुने मिति समेत तय भैसकेपछि विभिन्न बाहानामा एकता भने हुन सकेन् ।

उपेन्द्र यादव सँग एकता हुन त सकेन तर अहिले नयाँ शक्ति नेपालले आफ्ना कार्यकर्ताहरु समेत जोगाउन सकिरहेको छैन् । ठिक यहि समयमा भर्खरै पार्टी एकता गरेका विवेकशि नेपाल पार्टी र साझा पार्टी सँग एकताका लागी डा. भट्टराईले छलफल चलाईरहेको स्रोतले बतायो ।

साँघु साप्ताहिकले लेखेको छ, अध्यक्षका रूपमा बाबुराम भट्टराईलाई भित्र्याउनकै लागि संयोजकबिनै दुई पार्टीका अध्यक्षहरु सहसंयोजक बसेर विवेकशील पार्टी र रविन्द्र मिश्रको साझा पार्टीबीच एकीकरण भएको प्रसंगले नयाँ शक्ति पार्टीमा व्यापक चर्चा चलेको छ ।

अहिले विवेकशील साझा पार्टीमा पुगेका पूर्वमाओवादी नेता तथा केही अवधि नयाँ शक्ति समेतका नेता रहिसकेका मुमाराम खनालकै निर्णायक दबावमा विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पार्टीको दोस्रो तहको पदमा बसेको बताइएको छ ।

आफूलाई बाम बुद्धिजीवी दाबी गर्ने र जता गए पनि सपार्नेभन्दा बिगार्ने काममा दक्षता देखाइहाल्ने भनिएका खनाल अध्यक्ष वा सांयेजकविनाको साझा विवेकशील पार्टी कसरी बनाउन सफल भए ?

प्रमुख पदबिना नै पार्टी चल्न सक्छ भन्ने यो नयाँ प्रयोग खनालकै पहलमा भएको चर्चा छ । बाबुरामलार्इ अध्यक्षका रूपमा तान्न खनालले आफ्नै प्रयासमा आफूले छाडिसकेको नयाँ शक्तिलाई पनि निश्चित धार समातेर योजनासहित अगाडि बढ्नबाट अल्झाइरहेको र अन्योल मात्र बढाइरहेको बताइन्छ ।

अझ नयाँ शक्तिभित्रकै केशव दाहाल, गंगा श्रेष्ठलगायतका नेताहरु समेत नयाँ शक्तिलाई साझा विवेकशीलमा बिलय गराएर त्यसको अध्यक्ष बाबुराम बन्नुपर्ने लबिङमा लागिरहेका बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
संघीयता कार्यान्वयनमा संघ तत्पर भएन : मुख्यमन्त्री गुरुङ
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम
चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु
चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प