नेकपामा एकता नहुँदा ८ लाख कार्यकर्ता बेराेजगार

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
नेकपामा एकता नहुँदा ८ लाख कार्यकर्ता बेराेजगार

सारांश

  • काठमाडौं।
  •   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादका कारण एघार महिनादेखि सांगठानिक एकता प्रक्रिया अलपत्र परेको छ।
  • तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठानिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन् ।
काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादका कारण एघार महिनादेखि सांगठानिक एकता प्रक्रिया अलपत्र परेको छ। तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठानिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन् ।
सांगठानिक एकीकरणको काम टुंगो लगाउन गठित कार्यदल पनि असफल हुँदै आएको छ । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ठूलो विवाद छैन् । पूर्व सहमति अनुसार पूर्व दुई पार्टीले लिने पदको विषयमा समझदारी भइसकेको छ । पूर्व एमालेभित्रकै विवादको कारण एकताको काम प्रभावित भएको छ । अध्यक्ष ओलीले आफू निकटका व्यक्तिहरुलाई पनि पदिय जिम्मेवारी दिने गरी खाका तयार गरेको आरोप लगाउदै वरिष्ठ नेता माधव कुमार नेपालले समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन्।
सांगठानिक एकताको कामले गति लिन नसक्दा आठ लाख कार्यकर्ता जिम्मेवारी विहीन अवस्थामा छन् । शीर्ष नेतृत्वमा देखिएको टकरावको कारण पार्टी एकीकरण घोषणा भएकै दिन गठित ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यहरुले समेत जिम्मेवारी पाउन सकेका छैनन् । अध्यक्षद्वय ओली र प्रचण्डबाहेक न सचिवालयका अरु नेताहरुले भूमिका पाएका छन न स्थायी समितिका नेताहरुले ।
वरिष्ठ नेता झलनाथ खनाल समयमा नै सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दा अब कार्यकर्तालाई दिने जवाफ समेत नभएको बताउँछन्। ‘कार्यकर्तामा निराशासँगै आक्रोश छाएको छ, कम्युनिस्ट पार्टीभित्र एघार महिनासम्म नेता र कार्यकर्तालाई भूमिकाविहीन बनाएर राख्दा ठूलो घाटा भएको छ’, उनले भने– ‘सचिवालय र स्थायी समिति बैठकले एकताको बाँकी काम छिटो टुंगो लगाउन निर्णय गरेकै छ, तर अध्यक्षद्धयको ध्यान पुग्न सकेको छैन्।’
वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको स्वार्थ केन्द्रीत राजनीतिको कारण सांगठानिक एकता प्रक्रिया लम्बिदै गएको बताउदै आएका छन्। प्रधानमन्त्री र पार्टीको नेतत्व एउटै व्यक्तिले गर्दा अपेक्षाअनुसारको परिणाम निकाल्न नसक्ने बताउदै सचिवालयका एक सदस्य भन्छन्– ‘सरकार र पार्टीको नेतृत्व गर्दा न सरकारको परिणाम देखिएको छ, पार्टीमा त यहाँ भन्दा भद्रगोल के हुन्छ र ? नेकपा प्रदेश नम्बर तीनको कमिटीका प्रदेश सदस्यहरुलाई सपथ खुवाउदै अध्यक्ष ओलीले समयमै एकता टुंगो लाग्नुपर्ने अभिव्यक्ति दिएका थिए। तर सांगठानिक एकता प्रक्रिया लम्बिनुको कारणबारे केही जानकारी गराएनन्।
पछिल्लो समयमा ओली र प्रचण्डको भेट समेत पातलो हुँदै गएको छ । प्रचण्डले एकता प्रक्रिया टुंगो लगाउन नसक्दा कार्यकर्तामा ठूलो निराशा बढेकाले छलफल गरेर टुंगोमा पुग्न आग्रह गर्दै आएपछि ओलीको कार्यव्यस्तताको कारण समय नमिलेको बताइएको छ । उक्त पार्टी एक नेता भन्छन्,‘अध्यक्ष ओली गम्भीर बन्ने होे भने एक सातामै एकीकरण हुन्छ, तर उहाँले आफूनिकट बाहेक अरुलाई जिम्मेवारी दिन चाहनुहुन्न, समस्या यहीँ छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?