जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ४, २०७९
|
|
२३ पटक हेरिएको
Shares
जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप

सारांश

  • काठमाडौ ।
  • जापानमा उद्धारकर्ताहरूले शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने चेतावनी दिएका छन्।
  • टाइफून नान्मादोल नाम दिइएको उक्त समुद्री आँधी जापानको दक्षिणी टापु क्युशुमा आइतवार बिहान बज्रिएपछि तीव्र गतिमा अघि बढिरहेको छ।

काठमाडौ । जापानमा उद्धारकर्ताहरूले शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने चेतावनी दिएका छन्।

टाइफून नान्मादोल नाम दिइएको उक्त समुद्री आँधी जापानको दक्षिणी टापु क्युशुमा आइतवार बिहान बज्रिएपछि तीव्र गतिमा अघि बढिरहेको छ।

उक्त समुद्री आँधीका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ९० जनाजति घाइते भएका छन्।

टाइफून नान्मादोलको प्रकोपबाट जोगिन ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ। अहिले साढे तीन लाख घरमा विद्युत् आपूर्ति छैन।

आगामी २४ घण्टामा ४०० मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको छ। सरकारी प्रसारक एनएचकेका अनुसार बाढीमा एउटा कार डुबेपछि एक जनाको र पहिरोमा पुरिएर अर्का व्यक्तिको मृत्यु भएको हो। अर्का एक व्यक्ति बेपत्ता छन्। झन्डै ९० जना घाइते भएको विवरणहरूमा उल्लेख गरिएको बिबिसीले जनाएको छ ।

(www.bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?