सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु

सारांश

  • काठमाडौं।
  • सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु भएको छ।
  • खुम्बु आईसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका ५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए।

काठमाडौं। सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जना शेर्पाको मृत्यु भएको छ। खुम्बु आईसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका ५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए।

सर्वोच्च शिखर सगरमाथाको ५ हजार ७ सय मिटरको उचाईमा भएको उक्त घटनामा परि मृत्यु हुनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । ईमाजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणको क्रममा गाईडको रुपमा हिँडेका शेर्पाहरुको बुधबार मृत्यु भएको हो।

विहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोचमा पुरिएको छ। मृतकको उद्धारका लागि एसपिसिसिको टोली गएपनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको एसपसिसिले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन (फोटोफिचर)
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
नेपाल–भारत उडान सञ्चालन हुने
नेपाल–भारत उडान सञ्चालन हुने
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति
श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै
श्रीमान विदेशमा नेपालमा श्रीमती गर्भपतन गराउदै
बाढीले बगाएर २ जना बेपत्ता
बाढीले बगाएर २ जना बेपत्ता

तपाईंले छुटाउनुभयो कि?