इटहरी अागलागी: अागाे लाग्याे भनेर चिच्याउँदा पागल भनेर लखेटे प्रहरीले
सारांश
- अस्बिन खड्का, इटहरी, १५ वैशाख ।
- आगो भन्दै चिच्याउदै इटहरी उपमहानगरपालिकाको गेटमा पुगे तर त्याँहाका नगर प्रहरीले पागल भनेर खेदाए करिब रातको साढे १२ बजेको थियो मैले एउटा हाफपाइन्ट लगाएको थिँए माथी कपडा थिएन हात खुट्टामा थोरै थोरै चोट देखिएको थियो अनुहारमा हल्का कालो दलिएको थियो परबाट हेर्दा फोहोरी टाइपको जस्तो देखिन्थ्यो ।
- फर्केर आइपुग्दा मेरो सर्वस्व सकिसकेको थियो ।
अस्बिन खड्का, इटहरी, १५ वैशाख । आगो भन्दै चिच्याउदै इटहरी उपमहानगरपालिकाको गेटमा पुगे तर त्याँहाका नगर प्रहरीले पागल भनेर खेदाए करिब रातको साढे १२ बजेको थियो मैले एउटा हाफपाइन्ट लगाएको थिँए माथी कपडा थिएन हात खुट्टामा थोरै थोरै चोट देखिएको थियो अनुहारमा हल्का कालो दलिएको थियो परबाट हेर्दा फोहोरी टाइपको जस्तो देखिन्थ्यो ।
फर्केर आइपुग्दा मेरो सर्वस्व सकिसकेको थियो । मैलै कैँयौ पटक घरमा आगलागी भएको कुरा सुनाउन चाहे तर नगर प्रहरीले मेरो हुलिया देखेर कहाँबाट आएको पागल भन्दै कुरै सुन्नको सट्टा उल्टै लाठी बोकेर लखेटे । यो संवाद हो इटहरी उपमहानगरपालिका ४ पारूहाङ चौकमा बसोबास गर्ने एक युवाको ।
शुक्रवार राती पारूहाङ चोक मा एक काठकाे घरमा आगलागी भएका थियो । बिद्युत सर्ट भएर अगलागि भएको भने पनि अहिले सम्म मुख्य कारण पत्ता लाग्न सकेको छैन।
आगलागी पश्चात दमकललार्इ बोलाउन चिच्याउदै उपमहानगर पुगेका स्थानीयलार्इ नगर प्रहरीले पागलको संज्ञा दिदै लखेटेपछि समयमै अगलागि नियन्त्रणमा आउन नसकेका आगलागि पिडितहरूले बताएका छन ।आगलागि बाट एक काठको घरभित्र सञ्चालन हुदै आएको ४ वटा पसल जलेर नस्ट भएको छ । भने संगै भएका पसलमा पनि क्षती भएकाे छ ।
आगलागिबाट करीब १ करोड को हानी नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगो नियन्त्रणका लागि इटहरी उपमहानगरबाट सुरूमै बारूणयन्त्र पुगेपनि समयमै नपुगेको कारण ठुलो क्षती भएको स्थानीय पिडितहरूले बताएका छन ।
आगलागि हुँदा पारूहाङ चौकका स्थानीय पदम अधिकारी , बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राई सामान्य घाइते बनेका छन । आगलागिबाट अधिकारीको सबैभन्दा बढी क्षती भएको बताएकाे छ । उनको मासु पसल , घरमा राखिएको सुनचाँदिका गरगहना , नगद लता कपडा , भाडाबर्तन लगायत फर्निचर सबै नस्ट हुदा करीब ५० लाख क्षति भएको बताइएकाे छन ।
त्यसै गरी बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको पनि पसलहरू जलेर नस्ट भएको छन्। जसको कारण सबै ले इटहरी उप महानगरपालिकाको दोष देखाइएको छ ।
प्रतिक्रिया