भन्सार एजेन्टमा रोजगारीको अवसर

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
भन्सार एजेन्टमा रोजगारीको अवसर

सारांश

  • सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ ।
  • बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।
  • अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै ६६० एजेन्ट थपको तयारी गरेको हो ।

सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ । बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै ६६० एजेन्ट थपको तयारी गरेको हो । विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ ।

दुई दशकदेखि भन्सार एजेन्ट थप हुन नसक्दा एकैपटक ठूलो सङ्ख्यामा आवेदन माग गरिएको विभागका महानिर्देशक यमलाल भुसालले जानकारी दिए । उनका अनुसार भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।

परीक्षा केन्द्र काठमाडौँमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ साल वैशाख ५ गतेसम्म दरखास्त दिने समय रहेको छ भने दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक उम्मेदवार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालीम लिएको हुनुपर्नेछ ।

दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको छ । भन्सार एजेन्टका लागि आवेदन दिन बिए वा सो सरहको शैक्षिक योग्यता आवश्यक हुन्छ भने साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ ।

यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेरमात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
तुलसीपुर उपमहानगरको अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
विवेकपूर्वक मतदान गर्न राप्रपा अध्यक्ष थापाको आग्रह
विवेकपूर्वक मतदान गर्न राप्रपा अध्यक्ष थापाको आग्रह
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो
पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो
धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ
धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान
नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान

तपाईंले छुटाउनुभयो कि?