माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध

सारांश

  • काठमाडौं ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
  • सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै उक्ता स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै उक्ता स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्।

उनका अनुसार निषेधित क्षेत्र तोकिएको स्थानमा सोमबारदेखि ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । प्रशासनले पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।

दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र एमाले एमालेनिकट युवा संघ नेपालले मंसिर ७ गते माइतीघर मण्डलामा छुट्टा छुट्टै शक्ति प्रदर्शन गर्ने घोषणा गरेसँगै प्रशासनले उक्त स्थानलाई निषेधित गरेको हो । एकैदिन कार्यक्रम हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले आज दुवै पक्षसँग छलफल समेत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?