सुनको मूल्य बढ्यो, बिहिबार कतिमा हुदैछ कारोबार
सारांश
- काठमाडौँ ।
- बिहिबार सुनको मुल्य बढेको छ ।
- बुधबारबाट उकालो लागेको सुनको मूल्य बिहिबार पनि उकालो लागेको हो ।
काठमाडौँ । बिहिबार सुनको मुल्य बढेको छ । बुधबारबाट उकालो लागेको सुनको मूल्य बिहिबार पनि उकालो लागेको हो । बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार आठ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेको चाँदी आज तोलामा ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया