१० जना डिआईजी मध्य एआइजीमा क–कसको चम्किदैछ भाग्य ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
१० जना डिआईजी मध्य एआइजीमा क–कसको चम्किदैछ भाग्य ?

सारांश

  • काठमाडौं, २७ जेठ ।
  •   सरकारले गृह मन्त्रालयको निर्णय उल्ट्याउँदै नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) ३ जना बनाउने निर्णय गरेको छ।
  • आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना मात्र एआईजी बनाउने निर्णय गरेको हो।

काठमाडौं, २७ जेठ ।  सरकारले गृह मन्त्रालयको निर्णय उल्ट्याउँदै नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) ३ जना बनाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना मात्र एआईजी बनाउने निर्णय गरेको हो। यसअघि, गृह मन्त्रालयले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाएर ५ जना बनाउने निर्णय गरेको थियो।

प्राविधिकतर्फका एआईजी तर्थ पूर्व कार्यवहाक आईजीपी दिनेशचन्द्र पोखरेल कार्यरत रहेको अवस्थामा अब प्रहरीमा दुई जना मात्र एआईजीमा बढुवा हुने छन् । यसअघि प्रहरीमा ५ एआईजी मात्र राख्ने गरी तयार पारिएको मस्यौदामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नै हस्ताक्षर गरेका थिए । सोहि मस्यौदालाई निर्णयका लागि गृहले मन्त्रीपरिषदमा लैजाँदा आज उक्त मस्यौदामा परिवर्तन गरी तीन जनालाई मात्र एआईजी बनाउने निर्णय भएको हो ।

सर्वेन्द्र खनाल महानिरीक्षकमा बढुवासँगै रिक्त एआईजी पदका लागि १० जना डिआईजी मुख्य प्रत्यासीका रुपमा छन्। सरकारको निर्णयप्रति असन्तुष्ट डिआइजी रमेशप्रसाद खरेलले भने राजीनामा दिएका थिए ।

यसैगरी भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द्र रञ्जितको अनिबार्य अवकास पाएका छन्। डिआईजीहरु पुष्कर कार्की, मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह १० माघ २०४६ मा प्रहरी सेवामा प्रवेश गरेका हुन्।

यस्तै ३० असार २०४५ मा सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द समेत नियमावली योग्यताका आधारमा एआईजीका दावेदार हुन्। तर, जोशी, उत्तम कार्की र पबन खरेल असारको अन्तिमसम्म बढुवा भएनन् भने घर जानेछन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    SanTos Cresta

    na luto na knee

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?