एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
३० पटक हेरिएको
Shares
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड

सारांश

  • सुन्दरी लाउरा वेलका लागि उतिबेला बेलायतका राजघराना देखि संभ्रान्त पुरुषहरु पैसा र शक्ति खन्याउन तयार हुन्थे ।
  • मोहनी लगाउने सुन्दरता, आकर्षक जिउडाल र सुमधुर आवाजले जो कोही लोभिन्थे ।
  • सानदारसँग बग्गीमा आवत्जावत् गर्ने लाउरालाई देख्नु र भेट्नु भनेको सर्वसाधारणको पहुँच बाहिर थियो ।

सुन्दरी लाउरा वेलका लागि उतिबेला बेलायतका राजघराना देखि संभ्रान्त पुरुषहरु पैसा र शक्ति खन्याउन तयार हुन्थे । मोहनी लगाउने सुन्दरता, आकर्षक जिउडाल र सुमधुर आवाजले जो कोही लोभिन्थे ।

सानदारसँग बग्गीमा आवत्जावत् गर्ने लाउरालाई देख्नु र भेट्नु भनेको सर्वसाधारणको पहुँच बाहिर थियो । तर, तिनै सुन्दरीसँग जंगबहादुर राणाले सम्भोग गरेका थिए ।
लाउराको सुन्दरतामा पागल भएका जंगबहादुरले एक रातका लागि अढाई लाख पाउण्ड खर्च गरे । त्यो पनि आजभन्दा डेढ सय वर्ष अगाडि । आजको मितिमा यो रकम तीन करोड नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ ।

जंगबहादुर लाउरासँग बेलायत यात्राका क्रममा ९० दिन निकट रहेका थिए । लण्डनमा जंगबहादुरको बेलायत यात्रा चर्चामा आउनुमा लाउरासँगको सम्बन्ध पनि कारण थियो ।

लाउरालाई जंगबहादुरले बहुमूल्य उपहार दिएको विषय उठ्यो । लाउरालाई जंगले औंठी उपहार दिदै उनको आकांक्षा पूरा गरिदिने भनेका थिए ।

जंगबहादुरको लाउरासँगको प्रेम सम्बन्ध अगष्ट सन् १८५० को ब्रिस्टल पत्रिकाले छापेको थियो । जंगबहादुरले बेलायत यात्रा पूरा गरेर फर्केलगत्तै जंग र लाउराको अफेयर चर्चामा आयो ।

जंगबहादुरले ठूलो धनराशी दिएपनि लाउरा ऋणमा डुबेको विषय त्यतिबेलाका बेलायतका पत्रिकाहरुले उल्लेख गरेका छन् । सन् १८५१ मा सुन्दरी लाउरा ऋणमा डुबेको समाचार प्राथमिकताका साथ प्रकाशित भयो ।

सन् १९४९ मा बेलायत यात्रामा निस्केका जंगबहादुर १९५२ मा फर्किएका थिए । लाउरासँगको सम्बन्धले उनलाई बेलायतमा अझै सम्झाउने शासकका रुपमा लिइन्छ । नेपाल बेलायत सम्बन्धमा जंगको नाम महत्वका साथ उठ्नेगर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?