निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मुख्य अभियुक्त दिलिप विष्ट रिहा !
सारांश
- महेन्द्रनगर, २६ भदाै ।
- निर्मला पन्त हत्या प्रकरणका अभियुक्त भनिएका दिलिप विष्टलाई मंगलबार रिहा गरिएकाे छ ।
- विष्टलाई सरकारी वकिल कार्यालय कञ्चनपुरले साधारण तारेखमा रिहा गरेको हाे।
महेन्द्रनगर, २६ भदाै । निर्मला पन्त हत्या प्रकरणका अभियुक्त भनिएका दिलिप विष्टलाई मंगलबार रिहा गरिएकाे छ । विष्टलाई सरकारी वकिल कार्यालय कञ्चनपुरले साधारण तारेखमा रिहा गरेको हाे। तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टले घटनाको मुख्य अभियुक्तको रुपमा दिलिपलाई सार्वजनिक गरेका थिए।
मानसिक सन्तुलन ठिक नभएका विष्टलाई अभियुक्त बनाएपछि कञ्चनपुरमा आन्दोलन भएको थियो। उक्त आन्दोलनमा एक जनाको ज्यान जानुका साथै १० जना भन्दा बढी घाइते भएका थिए। यस्तै, घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदीबहिनीमध्ये निर्मलाकी साथी रोशनी बमलाई साधारण तारेखमा रिहा गरिएको छ भने बबितालाई ३० हजार धरौटीमा रिहा गरिएको हाे।
घटनाको उच्चस्तरीय छानविन समिति र मानवअधिकार आयोग तथा महिला आयोगले छानविन गरिरहेको छ। अनुसन्धानमा असन्तुष्टि जनाउँदै सोमवार मात्र छानविन समितिका सदस्य वीरेन्द्र केसीले पदबाट राजीनामा दिएका थिए।
प्रतिक्रिया