एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
४० पटक हेरिएको
Shares
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह

सारांश

  • काठमाडौँ ।
  •  राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेशलाई लिएर नेपाली कांग्रेसले राष्ट्रपतिको भूमिकामा प्रश्न उठाएको छ ।
  • अध्यादेश रोकिएपछि आन्तरिक छलफलमा जुटेका कांग्रेस नेताहरुले राष्ट्रपतिको कदमप्रति असन्तुष्टि जनाएका हुन् ।

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेशलाई लिएर नेपाली कांग्रेसले राष्ट्रपतिको भूमिकामा प्रश्न उठाएको छ । अध्यादेश रोकिएपछि आन्तरिक छलफलमा जुटेका कांग्रेस नेताहरुले राष्ट्रपतिको कदमप्रति असन्तुष्टि जनाएका हुन् ।

राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेश रोकिदा राजनीतिक प्रक्रियामा गतिरोध देखिएको छ । कांग्रेसले एमालेकै उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको निष्कर्ष निकालेको छ । उसले सरकारले दुई महिनाअघि पठाएको अध्यादेश प्रमाणिकरण नगरी रोकेर राख्नुलाई असंवैधानिक कदम समेत भनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत अध्यादेश रोकिनुमा निहित स्वार्थ देखिएको आरोप लगाएपछि राष्ट्रप्रमुख र सरकार प्रमुखबीचको असन्तुष्टि सतहमा आएको हो । कांग्रेसले राष्ट्रपतिलाई विवादमा नल्याउन एमालेसँग पनि आग्रह गरेको छ । प्रधानमन्त्री देउवाले सरकारले पठाएको अध्यादेश एमाले अध्यक्ष केपी ओलीकै दबाबमा राष्ट्रपति भण्डारीले दुई महिनासम्म रोकेको बताउँदै आउनुभएको छ । राष्ट्रपति कार्यालयले भने अध्यादेशबारे अध्ययन भइरहेको जवाफ दिँदै आएको छ । संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरेको छ । जसको उपधारा १ मा ‘राष्ट्रपतिले यो संविधान वा संघीय कानुनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालना गर्नेछ’ भन्ने उल्लेख छ ।

सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले यो संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ र त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुने’ उल्लेख छ । राष्ट्रिय सभा निर्वाचन पद्धति बहुमतीयबाट गर्ने या एकल संक्रमणीय मतका आधारमा गर्ने भन्नेबीच कांग्रेस एकातिर, एमाले र माओवादी केन्द्र अर्कोतिर भएपछि व्यवस्थापिका संसद्बाट विधेयक पारित हुन सकेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै
गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै
दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर
दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ कट्यो (मृतकको विवरणसहित)
हाम्रो आक्रोश नेतृत्व विहिन छ र लुट्नेलाई छुट छ ।
हाम्रो आक्रोश नेतृत्व विहिन छ र लुट्नेलाई छुट छ ।
युवा पलायन हुँदा चितवनमा रगत अभाव
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
आज गणेश चतुर्थी पर्व : भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै
आज गणेश चतुर्थी पर्व : भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै