महाकाली राजमार्ग पुनः सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
५९ पटक हेरिएको
Shares
महाकाली राजमार्ग पुनः सञ्चालनमा

सारांश

  • बैतडी, ९ साउन ।
  • गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
  • महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो ।

बैतडी, ९ साउन । गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । गए राति परेको पानीका कारण महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन र यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

२०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत अहिलेसम्म पनि राम्रोसँग हुन नसक्दा बर्सातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ । उक्त पहिरोले त्यो बेला बांगाबगर–६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १५० रोपनी जमीन बगरमा परिणत भएको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको स्थानीयवासी सुरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा बम विस्फोट ,गाईको कान र भैंसीको जिउभरी छर्रा
उदयपुरमा बम विस्फोट ,गाईको कान र भैंसीको जिउभरी छर्रा
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाले भेटेर यसो भने…
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाले भेटेर यसो भने…
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मुद्दा दर्ता
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मुद्दा दर्ता
युएईमाथि नेपालको जित
युएईमाथि नेपालको जित
ट्राफिक प्रहरीको मास्क खरिदमा भ्रष्टाचार
ट्राफिक प्रहरीको मास्क खरिदमा भ्रष्टाचार
प्रधानमन्त्री प्रचण्डले गरे १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान
प्रधानमन्त्री प्रचण्डले गरे १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
भरतपुर वडा नम्बर १९ को सुनुवाई आज हुदै
भरतपुर वडा नम्बर १९ को सुनुवाई आज हुदै
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)