बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २, २०७९
|
|
३० पटक हेरिएको
Shares
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत

सारांश

  • काठमाडौ ।
  • बुधबार बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
  • मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौ । बुधबार बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सुपप्र ००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ छ ।

सनाखत भएका मृतकहरुमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी रहेका छन् । बाँकी ३ जनाको सनाखत भइसकेको छैन ।

दुर्घटनामा घाइतेहरुको उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा खटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?