इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाइयो

सारांश

  • तेहरान।
  • इरान सरकारले कडा हिजाब कानून उल्लंघन गर्ने महिलालाई मनोचिकित्सकसँग उपचार गरिरहेको छ।
  • यससँगै कानुन उल्लंघन गर्ने महिलालाई शव सरसफाइमा काम लगाएर कारबाही गरिरहेको छ।

तेहरान। इरान सरकारले कडा हिजाब कानून उल्लंघन गर्ने महिलालाई मनोचिकित्सकसँग उपचार गरिरहेको छ। यससँगै कानुन उल्लंघन गर्ने महिलालाई शव सरसफाइमा काम लगाएर कारबाही गरिरहेको छ।

न्युज वेबसाइट फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाहरुमाथि सरकारले पहिले भन्दा धेरै कडाई गरिरहेको छ ताकि हिजाब कानूनको उल्लङ्घन गर्ने महिलाहरूलाई नियन्त्रण गर्न सकियोस्।

हालै इरानी अभिनेत्री अफसाने बेगनलाई हिजाब नलगाएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ। यस्तो अवस्थामा उनलाई हरेक हप्ता मनोचिकित्सकसँग परामर्शका लागि जान निर्देशन दिइएको छ। रिपोर्टका अनुसार हालै तेहरानको एक अदालतले एक महिलालाई शव सफा गर्न एक महिनाको लागि सजाय सुनाएको छ।

समाचारमा दावी गरिए अनुसार जाे महिलाले कडा हिजाब कानूनको उल्लङ्घन गरेका थिए, ती महिलाले टाउकोमा हिजाब नलगाई गाडी चलाएको आरोपमा पक्राउ गरिएको थियो।

इरानका राजनीतिशास्त्रका प्राध्यापक अजादेह कियानले बायगनलाई दिइएको सजाय एउटा उदाहरण भएको बताए। सरकारले महिलामा कानुनको डर पैदा गर्न खोजेको छ। यस्तो अवस्थामा सरकारले महिलालाई कपाल छोप्न बाध्य पार्ने नयाँ उपाय खोजिरहेको छ।

महिलासम्बन्धी मुद्दामा न्यायाधीशको निर्णय प्रति धेरै सामाजिक संघ संस्थाले आश्चर्य व्यक्त गरेका छन्। इरानका चार मानसिक स्वास्थ्य संस्थाका अध्यक्ष घोलाम होसेन मोहसेनी ईजेईले देशको न्यायपालिका प्रमुखलाई लेखेको पत्रमा आफ्नो चिन्ता व्यक्त गरेका छन्। उनले ‘मानसिक स्वास्थ्य विकारको निदान गर्ने जिम्मेवारी मनोचिकित्सकको हो, न्यायाधीशको होइन’ भनेका छन्।

समाचारमा यो पनि दावी गरिएको छ कि अधिकारीहरूले कडा हिजाब कानूनको उल्लंघन गर्ने महिलाहरूलाई भारी जरिवाना तिराई रहेका छन्। महिला हिजाब नलगाई सवारी चलाएको देखिए उनीहरुको सवारीसाधन जफत गर्नेसमेत गरेको छ । महिलालाई जागिरबाट हटाउन दबाब सिर्जना भइरहेको छ।

फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाले अस्पतालमा उपचार गराउन समेत नसक्ने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
महेन्द्रनगरबाट छुटेको बस दुर्घटना : पाँच जनाको मृत्यु
अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
अब युवा अरबमा भेडा चराउन धाउनु पर्दैन : मन्त्री विष्ट
उ रोयो आमाको काख नपाएर… अनि उ सङ्गै रोयो सिङ्गो देश !!!
उ रोयो आमाको काख नपाएर… अनि उ सङ्गै रोयो सिङ्गो देश !!!
नेपाली तिमी हाँस्दा लाग्दैन के देशले हाँस्नु पर्छ ? (गीत)
नेपाली तिमी हाँस्दा लाग्दैन के देशले हाँस्नु पर्छ ? (गीत)
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
इतिहासमा आज : गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
चुनावमा रुसी हस्तक्षेपबारे ट्रम्पले दिए यस्तो जवाफ
भूकम्पपीडितको लगत संकलन गरिँदै
भूकम्पपीडितको लगत संकलन गरिँदै

तपाईंले छुटाउनुभयो कि?