पाँचथर : राप्रपाको समर्थनमा कांग्रेसले गर्‍यो मनोनयन दर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पाँचथर : राप्रपाको समर्थनमा कांग्रेसले गर्‍यो मनोनयन दर्ता

सारांश

  • पाँचथर, कात्तिक ५ – आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र  प्रदेशसभाका लागि नेपाली कांग्रेस पाँचथरले मनोनयन दर्ता गरेको छ ।
  • राप्रपाको समर्थनमा कांग्रेसले प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे र प्रदेश सभा ‘क’ मा सभापति नरेन्द्रकुमार केरुङ र ‘ख’ का लागि महासमिति सदस्य सुरेन्द्र कुमार दाहालको उम्मेद्धारी दर्ता गराएको हो ।
  • मनोनयन दर्ता गर्दै आङ्देम्बेले लोकतान्त्रिक शक्तिहरुको समर्थनमा कांग्रेसले मनोनयन दर्ता गराएको बताए ।

पाँचथर, कात्तिक ५ – आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र  प्रदेशसभाका लागि नेपाली कांग्रेस पाँचथरले मनोनयन दर्ता गरेको छ ।

राप्रपाको समर्थनमा कांग्रेसले प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे र प्रदेश सभा ‘क’ मा सभापति नरेन्द्रकुमार केरुङ र ‘ख’ का लागि महासमिति सदस्य सुरेन्द्र कुमार दाहालको उम्मेद्धारी दर्ता गराएको हो ।

मनोनयन दर्ता गर्दै आङ्देम्बेले लोकतान्त्रिक शक्तिहरुको समर्थनमा कांग्रेसले मनोनयन दर्ता गराएको बताए । नयाँ ढंगले चुनाव हुने भएकाले नेपाली कांग्रेसले नयाँ ढंगले नै चुनाव फेस गर्ने गरी  उम्मेद्वारी दिएको कांग्रेस सभापति केरुङको भनाई छ । कांग्रेससहित लोकतन्त्रलाई सिध्याउन खोजिएकाले लोकतन्त्र बचाउनका लागि कांग्रेसले त्यस्तै ढंगले मनोनयन दिएको केरुङको भनाई छ ।

र्‍यालीसहितको टोलीले मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पुगेर कांग्रेसले मनोनयन  दर्ता गराएको हो ।। प्रत्येक दललाई एक–एक घण्टाको दरले मनोनयन दर्ता गराउने समय तालिका बनाइएपछि ढिलो गरी दलहरुले मनोनयन दर्ता सुरु गरेका हुन् ।

कांग्रेसपछि एमाले र माओवादी गठबन्धनले मनोनयन दर्ता गराउने तय भएको छ । त्यसपछि संघिय समाजवादी फोरम, राप्रपा प्रजातान्त्रिक, लिम्बूवानलगायतका दलहरुले मनोनयन दर्ता गर्ने तयारी गरेको गरिएको छ । बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न पाइनेछ । मनोनयन दर्ता बिहान ५ बजेदेखि सुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?