पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १८, २०७९
|
|
५० पटक हेरिएको
Shares
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन

सारांश

  • काठमाडौं ।
  • एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पार्नुभएकाे छ ।
  • सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताउनुभएकाे हाे ।

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पार्नुभएकाे छ । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताउनुभएकाे हाे ।

बैठकमा उहाँले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गर्नुभयाे । ‘देशको राजनीतिक आफ्नै जटिलता छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौं। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ नेपालले भन्नुभयाे।

नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभएकाे थियाे ।

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले एकीकृत समाजवादी सरकारमा जान नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने
एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने
नेपाल कम्युनिस्ट पार्टी’ :  सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी’ : सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
ओली-बालेन ‘वाक युद्ध’: कसले कसलाई ‘निहुँ’ खोजिरहेका छन् ?
ओली-बालेन ‘वाक युद्ध’: कसले कसलाई ‘निहुँ’ खोजिरहेका छन् ?
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !
पहिलो पटक यौन सम्पर्क गर्न करनले पैसा तिरे !
निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी
कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी
मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ
मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
दुई महिनामा २० पटक हृदयघात भएकी बच्ची
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ
भरतपुरमा पुन मतदान गर्ने निर्वाचन आयोग को निर्णय सही कि गलत ? आफ्नो बिचार राख्नुस !