सिटिजन्स बैंकको ४ शाखा बिस्तार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सिटिजन्स बैंकको ४ शाखा बिस्तार

सारांश

  •   काठमाडौं ।
  • सिटिजन्स बैंकले एकै पटक मुलुकका विभिन्न चार स्थानमा शाखा बिस्तार गरेको छ ।
  • बैंकको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरि बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी चारवटै शाखाको शुभारम्भ गरेका हुन् ।

काठमाडौं । सिटिजन्स बैंकले एकै पटक मुलुकका विभिन्न चार स्थानमा शाखा बिस्तार गरेको छ । बैंकको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरि बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी चारवटै शाखाको शुभारम्भ गरेका हुन् ।

बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारी गरि ४ स्थानमा शाखा बिस्तार गरेको हो । बैंकले चालु आर्थिक वर्षमा मात्र १४ वटा शाखा बिस्तार गरेको छ । सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरे अनुरुप शाखा बिस्तार गरिएको बैंकले जनाएको छ ।

निकट भविष्यमा नै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना बनाएको छ । सिटिजन्स बैंकले ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले पोखरा—बागलुङ सडक पनि अवरुद्ध
पहिरोले पोखरा—बागलुङ सडक पनि अवरुद्ध
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
नेकपाका भातृ संगठन एकीकरण गर्न बने कार्यदल, कुन संगठनको कसलाई जिम्मा नाम सहित…
रवि लामिछानेको थुनछेक बहस कास्की जिल्ला अदालतमा सुरु, धरौटीमा छुट्लान्?
रवि लामिछानेको थुनछेक बहस कास्की जिल्ला अदालतमा सुरु, धरौटीमा छुट्लान्?
खुल्यो तातोपानी नाका, चीनबाट आएका ४ ट्रकलाई रेड कार्पेटमा स्वागत
खुल्यो तातोपानी नाका, चीनबाट आएका ४ ट्रकलाई रेड कार्पेटमा स्वागत
अग्रता बढाउँदै बालेन, पछ्याउँदै स्थापित
अग्रता बढाउँदै बालेन, पछ्याउँदै स्थापित
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित
Human Resources – Best Practices for Business Management
अपडेट- गोरखा २ मा यस्तो छ, बाबुराम र नारायणकाजीविचको प्रतिस्पर्धा