प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन
सारांश
- काठमाडौं।
- नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
- प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले नेकपा (माओवादी) केन्द्रको सहयोगमा मुख्यमन्त्री दाबी पेश गर्नुभएको हो ।
काठमाडौं।नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले नेकपा (माओवादी) केन्द्रको सहयोगमा मुख्यमन्त्री दाबी पेश गर्नुभएको हो ।
प्रदेश प्रमुखसमक्ष एमाले संसदीय दलका नेता कार्कीले प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरू सबै दलका ६० जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गर्नुभएको छ ।
संविधानको धारा १६८(२०) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुंगले आज साँझ ५ः०० बजे सम्मको समय सीमा दिनुभएको थियो ।
प्रतिक्रिया