अर्धशतक बनाउन चुके ज्ञानेन्द्र !(Live)

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
अर्धशतक बनाउन चुके ज्ञानेन्द्र !(Live)

सारांश

  • काठमाडौं, १३ भदाै।
  • एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालको एकपछि अर्को विकेट पतन भएको छ ।
  • नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको हो ।

काठमाडौं, १३ भदाै। एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालको एकपछि अर्को विकेट पतन भएको छ । नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको हो । मल्ल अर्धशतक बनाउनबाट ५ रनले चुके । उनले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४५ रन बनाएर आउट भए ।

अहिले क्रिजमा सागर पुन र दीपेन्द्रसिंह ऐरी रहेका छन् । एकपछि अर्को विकेट गुमाएको नेपाल निकै दबाबमा खेलिरहेको छ ।

यसअघि १५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ८ रनमा गुमाएको थियो । नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रन आउट भएका थिए।नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी छ । नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

 

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?