मधेस प्रदेश: तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ११, २०७९
|
|
४४ पटक हेरिएको
Shares
मधेस प्रदेश: तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

सारांश

  • धनुषा।
  • मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
  • मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्।

मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन्। मधेस प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीस वर्षपछि महिलालाई मृत्युदण्ड
बीस वर्षपछि महिलालाई मृत्युदण्ड
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी
फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी
Best Russian Mail Order Brides Sites, Prime Relationship Websites To Search Out European & Russian Girls In 2022
एक वर्षमा पन्ध्र सय घटना बढे
एक वर्षमा पन्ध्र सय घटना बढे
प्रधानमन्त्री ओली ताप्लेजुङ आउने कार्यक्रम स्थगित
तालिबानसँगकाे वार्ता रद्द गर्ने निर्णयले सबैभन्दा बढी अमेरिकालाई घाटा हुने चेतावनी
तालिबानसँगकाे वार्ता रद्द गर्ने निर्णयले सबैभन्दा बढी अमेरिकालाई घाटा हुने चेतावनी
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट
सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट