प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने
सारांश
- एजेन्सी ।
- पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले सरकारी निवासमा नबस्ने घोषणा गरेका छन् ।
- उनले शुरुमै सुधारका कार्यक्रम थालेका हुन् ।
एजेन्सी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले सरकारी निवासमा नबस्ने घोषणा गरेका छन् । उनले शुरुमै सुधारका कार्यक्रम थालेका हुन् ।
उनले पूर्व प्रधानमन्त्रीहरु बसेको सरकारी निवासलाई एक उत्कृष्ट विश्वविद्यालय बनाउने घोषणा गरेका छन् । प्रधामन्त्री कार्यालयमा ५ सय बढी कर्मचारी कार्यरत थिए ।
उनी सुरक्षाका कारण आफ्नै निवासमा नबसी ३ बेड रूम भएको सामान्य घरमा बस्ने भएका छन् । उनले डा. इस्रत हसनीको संयाजकत्वमा सरकारी खर्च कटौती अध्ययन गर्न समिति समेत गठन गरेका छन् ।
प्रधानमन्त्री कार्यालयसँग भएका ३५ मध्ये ३३ वटा बुलेट प्रुफ गाडी बिक्री गर्ने भएका छन् । दुई वटा आफूले प्रयोग गर्ने भएका छन् । गाडी लिलामीबाट प्राप्त हुने रकम राज्य कोषमा जम्मा गर्ने खानले बताएका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Rajendra Neupane
यो हो नेता