बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु

सारांश

  • काठमाण्डाै, माघ १२ ।
  • पूर्वसांसद तथा माओवादी नेता बालकृष्ण ढुंगेलले जेलबाटै अदालतको अवहेलना सम्बन्धी मुद्धाको लिखित जवाफ पठाएका छन् ।
  • लिखित जवाफमा ढुंगेलले बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।

काठमाण्डाै, माघ १२ । पूर्वसांसद तथा माओवादी नेता बालकृष्ण ढुंगेलले जेलबाटै अदालतको अवहेलना सम्बन्धी मुद्धाको लिखित जवाफ पठाएका छन् । लिखित जवाफमा ढुंगेलले बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।

अधिवक्ता दिनेश त्रिपाठीद्धारा दायर अदालतको अवहेलना सम्बन्धी मुद्धाको कारागारबाटै ढुंगेलले लिखित जवाफ फर्काएका हुन् । नेता ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतको आदेशबमाेजिम डिल्लिबजारस्थित कारागारमा सर्वश्वसहित जन्मकैद भूक्तान गरिरहेका छन् ।

गत १४ कात्तिकमा नेपाल प्रहरीको सिआईबी टोलीले ललितपुरबाट उनलाई पक्राउ गरेको थियो ।अदालत, मिडिया तथा मानव अधिकारकर्मी अाफुप्रति पूर्वाग्रही बनेको आरोप ढुंगेलले लगाएका छन् । ढुंगेलले श्रेष्ठको हत्या आफूले नगरेको समेत दाबी गरेका छन् ।

उनको जवाफमा भनिएको छ, मृतक भनिएको व्यक्तिको शव नै फेला परेको छैन । लाश नभेटिएको कुरा जाहेरीमा तथा अभियोग पत्रमा समेत उल्लेख गरिएको छ । मारिएको भनिएको व्यक्तिको शव नै फेला नपरेको भनी स्वयं जाहेरवाला र अभियोजनकर्ताले नै स्वीकार गरिरहेको अवस्थामा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम कसुरदार कायम हुन सक्दैन तर यो मुद्दामा शव नै फेला नपरेको भएपनि मलाई सर्वस्वसहित जन्म कैदको सजाँय हुनेगरी फैसला भएको छ ।

द्वन्द्वकालीन मुद्दालाई सत्य निरूपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने भनी विस्तृत शान्ति सम्झौतामा उल्लेख भएपनि त्यसको विपरित फैसला भएको ढुंगेलले जिकीर गरेका छन् ।

उनले भनेका छन्, कथित मानवअधिकारको नाममा सडकमा मानव अधिकारको ढोल पिटेर नाटकीय रूपमा रुवावासी चलाएको भरमा तथा केही प्रकाशनगृहले योजनाबद्ध ढंगले सूचनाको स्रोत, अध्ययन र आधारबिना पीतपत्रकारिताको रूपमा नियोजित तरिकाले समाचार सम्प्रेषण गरेकै आधारमा न्यायालय प्रभावित भई फैसला गरेको छ ।

ढुंगेलले भनेका छन्, आफू उक्त दिन घटनास्थलमा नभई पसलेको ऋण तिर्न गएको र सो दिन पसलेकै घरमा बसेकाले घटनामा आफ्नो संलग्नता छैन ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Gopali Madan

    दुई चार लात त ठोक्नै पर्यो नि। नत्र त जेल मा गको के अर्थ भो र????

    Comment Author

    Tek Nath Adhikari

    फटालाइ कुट्नु मात्र हाेर छाला काड्नुपर्छ

    Comment Author

    Rabin Saud

    khate neta muji jungel bata aayara hero tw muji duniya mardaai jalas muji karbai gar sar kar

    Comment Author

    Sitaram Thapa

    अरुलाई मार्न आदेश दिदा केही जस्तो लागेन, उस्लाई चै पिट्न पनि नहुने ? लाटोले केरा हेरे जस्तो गर्नु पर्नेहोला हैन ? साला कुत्ता !

    Comment Author

    Aakash Shrestha

    Incunter garnu parnya ho ….

    Comment Author

    Minu Pyakuryal

    Laaj nabhayae pachi k lagcha ra

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?