बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
३२ पटक हेरिएको
Shares
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति

सारांश

  • नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने पूर्ववत सहमतिकोे विषयलाई उठाएपछि पछिल्लो पटक नेकपाभित्र यसविषयलाई लिएर ठुलै बहस चलिरहेको छ ।
  • जसको प्रभाव अहिले सचिवालयमा समेत परेको छ ।
  • पार्टीको पोलिटव्युरो गठन,नेताहरुको कार्य्विभाजन लगायतका कामहरुको टुङ्गो लगाउन सचिवालय बैठक समेत पटक–पटक सदै आइरहेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने पूर्ववत सहमतिकोे विषयलाई उठाएपछि पछिल्लो पटक नेकपाभित्र यसविषयलाई लिएर ठुलै बहस चलिरहेको छ । जसको प्रभाव अहिले सचिवालयमा समेत परेको छ । पार्टीको पोलिटव्युरो गठन,नेताहरुको कार्य्विभाजन लगायतका कामहरुको टुङ्गो लगाउन सचिवालय बैठक समेत पटक–पटक सदै आइरहेको छ । जसका कारण नेकपाभित्रको पार्टी एकीकरणको बाँकी काम थप अन्यौलग्रस्त बन्दै गएको छ ।

प्रचण्डले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमती भएको बारे अभिव्यक्ति दिएपछि दुई अध्यक्ष बीचको असमझदारी बढेको हो ।

त्यसो त दाहालको उक्त प्रतिक्रियाको प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्माओलीले खण्डन गरीसकेका छन । आइतबार दुइअध्यक्षविच छलफल समेत भइसकेको छ ।

छलफलमा उक्त अभिव्यक्तिबारे भएको हल्ला चिर्ने प्रयास भएको थियो । त्यसैगरी जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम लगभग टुंगो लगाएको हो । आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको र उक्त सहमति ओलीले पालना गर्नुपर्ने अभिव्यक्ति प्रचण्डले दिए पछि दुई अध्यक्षबीच फाटो देखिएको थियो ।

बाहिर निकै चर्चा भएपछि त्यसलाई सेलाउन दिनका लागि ओली–प्रचण्डले हतारमा जिल्ला इन्चार्ज र सह इन्चार्जमा सहमति गरेर सकारात्मक सन्देश दिन खोजेको देखिन्छ । आफ्नो अभिव्यक्तिले सोचेभन्दा धेरै चर्चा पाएपछि प्रचण्डले ५ वर्ष नै ओली प्रधानमन्त्री रहने बताउन थालेका छन् ।

तर अध्यक्ष दाहालले अहिलेनै त्यस्तो प्रतिक्रिया दिनु दाहालले पार्टीभित्र आफु कमजोर हुने डर र अर्का अध्यक्षले सहमती कार्यान्वयन नगर्लाकी भन्ने डरले यस्तो प्रतिक्रिया दिएको विश्लेषण हुन थालेको छ ।

यही विषयलाई लिएर नेकपाभित्र अहिले नेताहरु आफुहरु कसरी बलियो बन्ने भन्ने समेत होडबाजी चल्न थालेको छ । अध्यक्ष दाहाल र ओलीको अभिव्यक्तिलाई लिएर नेताहरु पक्ष विपक्षमा समेत देखिन थालेका छन् ।

अध्यक्ष दाहालको प्रतिक्रियालाई लिएर नेकपा नेता बामदेव गौतम र झलनाथ खानल अध्यक्ष दाहालकै पक्षमा प्रतिक्रिया दिइसकेका छन् भने माधवकुमार नेपाल ओलीतिर ढल्किएका छन । दाहालको समर्थन गर्दै खनालले दुई पार्टीबीच एकता प्रक्रिया सुरु भएदेखिका सबै सहमति अक्षरस पालना हुनुपर्ने स्पष्ट पारेका छन् ।

यसअघि पनि प्रधानमन्त्री ओली स्वीचरल्याण्ड भ्रमणमा रहेको बेला, दाहालले भेनेजुयलामा अमेरिकाले गरेको हस्तक्षेपको विरोध गर्दै निकालेको विज्ञाप्तीले नेकपाभित्र ठुलै विवाद ल्याएको थियो ।

एकीकरण हुंदादेखिनै पटक–पटक विवाद देखिदै आएको नेकपाभित्र पछिल्लो पटक देखिएको विवादकै कारण पार्टी एकताको बांकी काम थप लम्बिने देखिएको छ । अध्यक्ष सहितका शीर्ष नेताले यही जेठ मसान्त भित्र एकीकरणका बाँकी सवै काम सक्ने र जिम्मेवारी समेत निर्धारण गर्ने बताउदै आएपनि सो पछि सचिवालय बैठक समेत बस्न सकेको छैन ।

सरकारको समेत नेतृत्व गरीरहेका नेकपा अध्यक्ष ओली यही जेठ २५ गतेबाट ८ दिने बेलायत भ्रमणमा जाने भएपछि पार्टी एकताको बांकी काम थप अन्यौलग्रस्त बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुलाक वचत बैंक खारेज, २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा
हुलाक वचत बैंक खारेज, २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा
दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने
दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिकः एक हजार घरधुरी प्रभावित हुने
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण
मध्यपूर्वमा युद्ध झन् चर्कंदै, लेबनानी सहरहरुमा इजरायलको नयाँ आक्रमण
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय
चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय
प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ
प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
बैशाख ६ गते शनिबारको राशिफल यस्तो छ
बैशाख ६ गते शनिबारको राशिफल यस्तो छ
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो

तपाईंले छुटाउनुभयो कि?