झण्डै चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा योजनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
झण्डै चार लाख श्रमिक समेटिए सामाजिक सुरक्षा योजनामा

सारांश

  • काठमाडौं ।
  • योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् ।
  • हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् ।

हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । १७ हजार छ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् ।

कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ९९ हजार आठ सय ३५, प्रदेश नं १ बाट ३८ हजार आठ सय ४९, मधेसबाट २१ हजार ५६, गण्डकीबाट १४ हजार आठ सय ९३, लुम्बिनीबाट १३ हजार नौ सय ६७, सुदूरपश्चिमबाट एक हजार पाँच सय तीन र कर्णालीबाट एक हजार एक सय ८५ श्रमिक सूचीकृत भएका छन् ।

कोषले हालसम्म २९ अर्ब १२ करोड योगदान रकम सङ्कलन गरेको छ । सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो ।

योगदान रकम सङ्कलन गरेको तीन महिनापछि कोषले योगदानकर्तालाई विभिन्न सुरक्षा योजनाअन्तर्गत सुविधा दिन थालेको थियो । कोषले योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ ।

कोषले हालसम्म रु तीन खर्ब ३१ करोड दाबी भुक्तानी गरेको छ । कोषमा आबद्ध भएकामध्ये ६० हजार छ सय १६ जनाले लाभ लिएका छन् । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ३७ करोड ३१ लाख ८६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत रु ४४ करोड २१ लाख १५ हजार, आश्रित परिवार सुरक्षा योजनाबापत रु ५८ करोड ५३ लाख ५८ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत रु दुई अर्ब ७९ करोड ४४ लाख ७५ हजार भुक्तानी गरेको छ ।

घातक रोगको उपचार गर्न योगदानकर्तालाई १० लाख

कोषले १० घातक रोगको उपचार गर्न योगदानकर्तालाई सेवा अवधिभर रु १० लाखसम्मको उपचार खर्च उपलब्ध गराउन थालेको छ । घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने व्यक्तिले यस्तो सुविधा पाउनेछन् ।

कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगका लागि सेवा अवधिभरमा रु १० लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

यो सुविधा कोषमा योगदान गर्न छाडेको दुई वर्षसम्म र योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म उपयोग गर्न सकिने कोषले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
भरुवा बन्दुकसहित दुईजना पक्राउ
भरुवा बन्दुकसहित दुईजना पक्राउ
सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन
ज्ञानेन्द्रले नेपालगन्ज पुगेर मनाए जन्मदिन
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
कमल पंगेनीले प्रतिद्वन्द्वीलाई दिए शुभकामना
कमल पंगेनीले प्रतिद्वन्द्वीलाई दिए शुभकामना
नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात सम्बन्धी सम्झौता
नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात सम्बन्धी सम्झौता
नेपाल प्रहरीको अर्को साहसी काम इन्काउन्टरमा मारिए भारतीय अपराधी
यि हुुन सेक्स भिडियोले गर्दा गुमनाम नेपाली नायीका
यि हुुन सेक्स भिडियोले गर्दा गुमनाम नेपाली नायीका

तपाईंले छुटाउनुभयो कि?