किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
सारांश
- झापा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीले नेपालमा तानासायी व्यवस्था लाद्न खोजेको बताएका छन् ।
- एमाले र माओवादीले गठबन्धन गरेर मुलुकको संविधान समाप्त पार्न खोजेको उनको आरोप छ ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ स्थित गौरादहमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताका अधिकार खोस्ने नियतका साथ एमाले र माओवादीले गठबन्धन गरेको बताए ।
झापा
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीले नेपालमा तानासायी व्यवस्था लाद्न खोजेको बताएका छन् । एमाले र माओवादीले गठबन्धन गरेर मुलुकको संविधान समाप्त पार्न खोजेको उनको आरोप छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ स्थित गौरादहमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताका अधिकार खोस्ने नियतका साथ एमाले र माओवादीले गठबन्धन गरेको बताए ।
ओलीको निर्वाचन क्षेत्रमा पुगेर कांग्रेस सभापति देउवाले कम्युनिष्टलाई मतदान नगर्न मतदातासँग अपील गरे । देउवा हेलिकप्टर लिएर वरिष्ठ नेता रामचन्द्र पौडेलका साथ ओलीको निर्वाचन क्षेत्रमा पुगेका थिए । केही दिनअघि एमाले अध्यक्ष ओलीले पनि डडेल्धुरास्थित देउवाको निर्वाचन क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै वाम गठबन्धनका लागि मत मागेका थिए ।
त्यसको ४ दिनपछि देउवा पनि ओलीको निर्वाचन निर्वाचन क्षेत्र आएर लिखित मन्तव्य राख्दै कांग्रेसका लागि भोट मागेका हुन् । देउवाले मन्तव्य राखेको मञ्चदेखि दायाँपट्टिको घरमा एमाले अध्यक्ष ओलीको तस्विरसहितको ठूलो चुनावी व्यानर प्रष्टै देखिन्थ्यो ।
मुलुक विभाजन गर्न खोजेको आरोप
आमसभामा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासनमा लेख्न, बोल्न र संगठित रुपमा आफ्ना मुद्दा उठाउन नपाइने पनि जिकिर गरे । प्रधानमन्त्री देउवाले वाम गठबन्धनमा आवद्ध दलहरुले मुलुक विभाजन गर्न खोजेको भन्दै यसतर्फ जनता सचेत हुनुपर्ने बताए । उनले संविधान उल्ट्याउन खोज्ने राजनीतिक शक्तिविरुद्ध उत्रिनु अहिलेको आवश्यकता भएको भन्दै मतदानअघि एकपटक विचार गर्न मतदातालाई अपील पनि गरे ।
‘गठबन्धनले मधेशी र पहाडीबिच लडाईं गराउन खोज्दैछ,’ प्रधानमन्त्रीले भने, ‘कांग्रेसले ७ सालदेखि लोकतन्त्र र प्रजातन्त्रका लागि लड्यो, लोकतन्त्र र प्रजातन्त्र ल्यायो, अब तपाईंहरुले लोकतन्त्र रोज्ने कि अधिनायकवाद रोज्ने ?’
झापाका लागि देउवाका योजना
उनले झापाका बाढीपीडितका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ बराबरको आवासको घोषणा गरे । १० हजार रुपैयाँ बराबरको कपडा, २ हजार रुपैयाँ बराबरको मल बीउ तथा निःशुल्क स्वास्थ्य शिविर र काठ दाउराको व्यवस्था गरिने उनले घोषणा गरे ।
रतुवा, सिस्ने र मावा खोलाको बाढी नियन्त्रण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ । रवी–चिसापानी सडक चौडा बनाउने, हुलाकी राजमार्ग तीव्र रुपमा अगाडि बढाउने, आदिवासी जनजाति रंगशाला बनाएरै छाड्ने उनले दाबी गरे ।
वाम गठबन्धनको औचित्य सकियोः पौडेल
सभामा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा वाम गठबन्धनको औचित्य नभएको दावी गरे । उनले गठबन्धनभित्र अन्तरद्वन्द्व चर्किएको भन्दै यो अनिष्टको संकेत भएको बताए ।
हरेक वर्ष बाढी आएर पीडामा रुमल्लिने झापा एमाले अध्यक्ष ओलीको ‘वादवाण’मा पनि प्रताडित हुने गरेको पौडेलले बताए । कांग्रेसले वाम गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्ने उनको दाबी थियो ।
‘गठबन्धनले नेपाललाई फेरि साम्यवादी जञ्जिरमा लाने प्रपञ्च रच्दैछ,’ नेता पौडेलले भने, ‘गठबन्धनतिर लागेर ओलीजीले पनि आफ्नो औचित्य समाप्त पार्नुभयो ।’ गठबन्धनले सत्तालाई निरंकुशतातर्फ लैजाने तयारी गरिरहेको पौडेलको दाबी थियो ।
‘दुई तीहाई बहुमत ल्याएर १० वर्षभित्र मुलुकमा साम्यवाद ल्याउने भन्दैछन्,’ पौडेलले प्रश्न गर्दै भने, ‘नेपाललाई फेरि कहाँ लैजान खोजेको रु कुन साम्यवाद ल्याउन खोजेको रु’ ४ जना कम्युनिष्ट प्रधानमन्त्री भएर पनि मुलुकलाई संविधान दिन नसकेको पौडेलले बताए ।झापाका बाढीपीडित, किसान, सुकुम्बासी, मजदुरको समस्या समाधान कांग्रेसले गर्ने पौडेलको भनाइ थियो । नेता पौडेलले कांग्रेसले बहुमत ल्याउने पनि दाबी गरेका छन् ।
ओलीलाई गाली
पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पुग्नुअघि सभालाई कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए । सभामा बोल्ने सबै वक्ताले एमाले अध्यक्ष ओलीको तीव्र आलोचाना गरे ।
कार्यक्रममा पदम पौडेल, फूलवती राजवंशी, ढुण्डीराज भण्डारी, रोहितकुमार साह, दिलीप वान्तवा राई, सुरेश सुब्बा, भारतेन्दु मल्लिक, क्षेत्र नम्बर ५ ‘क’ का कांग्रेसका प्रदेशसभा उम्मेदवार अनिल प्रसाईं, ५ ‘ख’ का उम्मेदवार राजन ढुंगानालगायतले बोलेका थिए । वक्ताहरुले ओलीले मन लागेजति सबै बोल्न थालेको आरोप लगाए । आफ्नै निर्वाचन क्षेत्रमा केही गर्न नसक्नेले मुलुक बनाउने सपना बाँढिरहेको उनीहरुको भनाइ थियो ।
सो क्षेत्रका कांग्रेस उम्मेदवार डा। खगेन्द्र अधिकारीले आफू विश्वविद्यालयमा पढाउने प्राध्यापक भएर पनि पेशा छाडेर मुलुक बनाउने संकल्पका साथ राजनीतिमा आएको बताए ।
‘चुनावी प्रतिष्पर्धामा आएको छु, ओलीजीको जस्तो तल्लो स्तरको गाली म कसैलाई पनि गर्दिनँ,’ उनले भने, ‘ओलीजीमा धेरै घमण्ड पलाएको छ ।’ सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले कांग्रेसले मात्र मुलुकलाई सम्बृद्ध बनाउने अठोट व्यक्त गरे ।
Moti Ram Bhandari
खाते काङ्ग्रेस न्युज साइट
Hari Ghimire
Yo taal xa deuwaa r Paudel ko
Aq Suman
Jhapa ma kongress patta saf hunxa Aba
Resham Thapa
Kp gali ho vane sherelai goli hun parxa
BA Sharma
AATINAI TALLO STARKO BHASAN, RA FOHAR KURA GARNE OLI BHANDA SERE BD. DEUBA YEK KADAM AAGADINAI CHA
Baikuntha Bhandari
Oli le 25000 mat ko diffrent ma chunab jitda congres ke garla bichara congres jan
Padam Kharel
चुनाव ले देखाऊछ हावा दारी काग्रेस का नव प्रबेश
Ek Ne
Tukka hanera hola
Arik Thapa Mahar
Oli ko boli bandhuko goli ho sala congres
Dipendra Sitaula
Tanasha ta timi hau deuwa Susila karki lai mahaaviyog lagayeu.Nawaraj silwal jasto kusal police officer lai ku garyeu.Desh ko ijjat khoi Ka rakheu Modi samu sambidhan sansodhan ko kura garxau.
Yam Kumar Katuwal
खालो सारो शेरे ताली हास्य कलाकार को कुरा नगर पत्रकार सेरेका काको ओली काको सेरे
Manoj Giri
Yo shere ko vashan sunne pani ??????khai jhapa bata kaangres ko patan bhako taha chhaina ????yasta ka vasan sunne maanchhe haru pani chhan jhapa ma???
Kumar Khadka
कुन गफाडी हो यो लेख्ने
Rameshwor Bhandari
2 बर्ष भयो आज सम्म भुकम्प पिडीतलाई 50,000/~बितरण गर्न नसक्ने सरकारले त्यो सपना देखाउनु हात्ती आयो हात्ती फुस्सा होईन र ।
Suman Ghimire
Oli ko kura nagare hunxa
BA Sharma
K P OLI BAHULAUNA MATRA BAKI CHA.
Kal Bahadur
कस्तो समचार लेख्छ भ्रष्टले भ्रष्टको समर्थनमा ताली नबजाएर के कालो झणडा देखाउछ त यार नाके र तोतलेलाई धेरै झुट बोलेकोले होला ताली पाको
Gb Chettri
हो मपनी 67 वसन्त पार्गरी 68 वसन्त को जीवन चक्क्र मा यात्रा गरि रहेको छु खास मा भन्नू पर्दा हाम्रो जस्तो मुलुक मा सुरुवात मा कम्निस्ट शासन नै चाहिएको थियो तर दुख का साथ भन्नै पर्छ हामी नेपालिले सक्कली कम्निस्ट को शासन पाएनौ यदि सक्कली कम्निस्ट्ले योदेश चलाएको भए आज सम्म केहिनकेहि बिकास अवश्य हुनेथियो र जेजती आज सम्म कम्निस्ट को नाउमा याहा छन यी सवै नक्काली मकुन्डो धारी कम्निस्ट हुन। आदर्णिय मित्र तेसै गरि सबै भन्दा पुरानो लोक तन्त्र प्रजातन्त्र पाटी काङ्रेस ले शासन गर्यो यो पनि सक्कली लोक्तन्त्र प्रजातन्त्रको खोल ओडेको ले शासन गर्यो किनकी जुन जुन ठाउमा जन्ता गरिव र दुख पाएका हुन्छन तेस ठाउमा कम्निस्ट उमृन्छ र कम्निस्ट ले बिकास गरेपछी लोक तन्त्र प्रजा तन्त्र आफ्से आफ आउनेछ तर यो हालत्मा नत मुलुक्मा लोक तन्त्र नत यो मुलुक्मा सच्चा कम्निस्ट यी दुवै मिलेको सशन खिचडी हुन्छ न कुनै चिज्को बेवस्थित न कुनै चिज्को संवाद यदि सच्चा कम्निस्ट आएनी हुने थियो तर सबै खोल ओडेका मात्रै आएर यस्तो दुख पाइएको हो। तेसैले यस्बाजी सहि लोक तन्त्र प्रजातन्त्र सस्कार सस्क्रीती र नेपालिको पहिचान नमेटिने खाले बिवेक शिल यानी बिवेक ले भरिएको पाटिको बिरुवा रोपेर यस्को छत्र छाया मा रमाउ है मित्र हो धन्य वाद।
Tika B Hamal
के गर्नू मन बूजाउने बाटो
Sudip Sharma
हाहा कांकाः ग्रेस
Shree Krishnarpanam
देउडाको क्षेत्रमा ओलीले ताली पाएझै होला ।