नेपाल प्रहरीको अर्को साहसी काम इन्काउन्टरमा मारिए भारतीय अपराधी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २४, २०७३
|
|
२२० पटक हेरिएको
Shares

सारांश

  • मृतक व्यापारी केडिया अपहरणका आरोपी प्रहरीको इन्काउन्टरमा बीरगन्जमा आइतबार राति एकजना भारतीय अपराधी मारिएका छन् ।
  • पर्सा प्रहरीका अनुसार बाटोमा चेकजाँचमा खटिएका प्रहरी टोलीमाथि फायरिङ गरेर भाग्न खोजेका व्यक्ति प्रहरीको कारवाहीमा मारिएको हो ।
  • प्रहरी स्रोतले मारिएका व्यक्ति केही महिना अगाडि भएको बीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न आरोपी सीमापारी समस्तीपुर घरभइ रक्सौल बस्दै अाएका दिलसाद आलम हुन् ।

मृतक व्यापारी केडिया अपहरणका आरोपी
प्रहरीको इन्काउन्टरमा बीरगन्जमा आइतबार राति एकजना भारतीय अपराधी मारिएका छन् । पर्सा प्रहरीका अनुसार बाटोमा चेकजाँचमा खटिएका प्रहरी टोलीमाथि फायरिङ गरेर भाग्न खोजेका व्यक्ति प्रहरीको कारवाहीमा मारिएको हो ।

प्रहरी स्रोतले मारिएका व्यक्ति केही महिना अगाडि भएको बीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न आरोपी सीमापारी समस्तीपुर घरभइ रक्सौल बस्दै अाएका दिलसाद आलम हुन् । पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले घटनाको पुष्टी गरेपनि मृतकको पहिचान बारे केही बताएका छैनन् ।

बीरगन्ज उपमहानगरपालिका को वडा नम्बर १९ भिस्वा टोलमा सडकमा चेकिङमा रहेका प्रहरीमाथि रक्सौल तर्फबाट आएको मोटरसाईकलमा सवारले फायरिङ गरेर भाग्न खोजेपछि जवाफी कारवाही गरिएको एसपी श्रेष्ठले बताए । मोटरसाइकलको पछाडि बसेकाले फायरिङ गरेको र उनीनै प्रहरी कारवाहीमा मारिएको उनले जानकारी दिए । मोटरसाइकल चालक भने भाग्न सफल भएका छन् । घटना राति करीब ८ बजेतिरको हो ।
व्यापारिक कामका सिलसिलामा बाराको गढीमाई पुगेर फर्किदै गरेका बेला गत जेठ १३ गते साँझ व्यापारी केडिया कलैया नगरपालिकाको पसाहा पुलबाट अपहरणमा परेका थिए । नेपाल  र भारतका प्रहरीको विशेष सक्रियतामा केडिया सीमापारीबाट चार दिनपछि मुक्त भएका थिए । उक्त घटनामा आलम सहितको संलग्नता रहेको खुलेको थियो ।

श्रोत: कान्तिपुर दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामलाई लोसपाको बेवास्ता : अबको यात्रा कता ?
बाबुरामलाई लोसपाको बेवास्ता : अबको यात्रा कता ?
एमाले–माओवादी मिलेपछि यस्तो बन्ने भयो पार्टी संरचना
एमाले–माओवादी मिलेपछि यस्तो बन्ने भयो पार्टी संरचना
नेपाली महिला फुटबल टोली म्यानमार जाँदै
नेपाली महिला फुटबल टोली म्यानमार जाँदै
सरकारले जनताले अनुभूति गर्ने गरी  काम गर्न सकेकाे  छैन: देवेन्द्र पौडेल
सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेकाे छैन: देवेन्द्र पौडेल
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
पुलको शिलान्यास गरेर फर्किएका मन्त्री महासेठको गाडी खोलामा डुब्यो
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?
सौर्य एयरलाइन्स दुर्घटना : प्रारम्भिक प्रतिवेदनले के देखायो ?
भरतपुरमा मतपत्र च्यातिएको देखेपछि निर्वाचन आयोगले ल्याउनेभो अर्को नयाँ योजना !
भरतपुरमा मतपत्र च्यातिएको देखेपछि निर्वाचन आयोगले ल्याउनेभो अर्को नयाँ योजना !
नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना

तपाईंले छुटाउनुभयो कि?