रक्षामन्त्री हरिप्रसादले गरे जङ्गी अड्डाको निरीक्षण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
रक्षामन्त्री हरिप्रसादले गरे जङ्गी अड्डाको निरीक्षण

सारांश

  • काठमाडौं ।
  • रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन् ।
  • सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।

मन्त्री उप्रेतीले भने, “अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सेनाले ठूलो योगदान पु¥याएको छ । विश्व शान्तिका लागि जोखिम बहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैँ अग्रपङ्क्तिमा छ ।

सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पु¥याउँदै आएको बताउँदै उनले काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख गरे ।

रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले पहिलो पटक जङ्गी अड्डा पुगेर सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सेना सम्पूर्ण नेपालीको आफ्नै छोराछोरी सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको बताए ।

उनले भने, “सेनाले विधिसम्मत ढङ्गले प्राप्त जिम्मेवारी समर्पित तवरले पूरा गर्दै देश र जनताको हितमा मरिमेट्दै आइरहेको छ । बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।”

रक्षा सचिव किरणराज शर्माले विपद् व्यवस्थापनलगायत सेनाको समग्र क्षमता विकास गर्दै आत्मनिर्भर बनाउँदै लैजाने विषयमा सरकारबाट जोड हुनुपर्ने आवश्यकता औँल्याए ।

(https://andeglobal.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकामै पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर
काठमाडौं उपत्यकामै पनि टेलिकम कम्पनीहरुको सेवा कमजोर
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
नेकपा फुटको असर प्रदेशमाः मुख्यमन्त्रीहरुको कुर्सी डगमगायो
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
Outstanding Alternate Options To Shagle
four Of The Most Amazing First Date Questions to Ask Her
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?