ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
सारांश
- काठमाडौं – सोमबार सरकारले कालीमाटी तरकारी बजार अनुगमनको क्रममा ठग्न पाउनुपर्छ भन्दै नाराजुलुस गर्ने व्यापारीको दर्ता खारेजी गर्ने तयारी शुरु गरेको छ ।
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनको क्रममा हुल हुज्जत गर्ने व्यापारी थिए ।
- उनीहरुले अनुगमनमा गएकाहरुलाई काम गर्न अवरोध पुर्याउँदै नियन्त्रणमा राखेका थिए ।
काठमाडौं – सोमबार सरकारले कालीमाटी तरकारी बजार अनुगमनको क्रममा ठग्न पाउनुपर्छ भन्दै नाराजुलुस गर्ने व्यापारीको दर्ता खारेजी गर्ने तयारी शुरु गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनको क्रममा हुल हुज्जत गर्ने व्यापारी थिए । उनीहरुले अनुगमनमा गएकाहरुलाई काम गर्न अवरोध पुर्याउँदै नियन्त्रणमा राखेका थिए ।
अनुगमनको क्रममा टोलीलाई असहयोग गर्नेहरुको दर्ता खारेज गर्ने तयारी गरेको मन्त्रालयले जानकारी दिएको छ ।
किसानबाट सस्तोमा तरकारी किन्ने र उपभोक्ता ठग्ने र बजार अनुगमनमा उल्टो सरकारलाई गालीगलौज गर्ने व्यापारीलाई कारबाहीका लागि तयारी भएको बताइएको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कालीमाटी तरकारी तथा फलफूल बजारमा बील विजक नभएको भन्दै २ वटा तरकारी बोकेका गाडी नियन्त्रणमा लिएको थियो । नाराबाजी गर्दै अनुगमन टोलीलाई नियन्त्रणमा राख्ने तरकारी तथा फलफूल व्यवासायी महासंघका भरत खतिवडालाई पक्राउ गरेको थियो ।
आज मन्त्रिस्तरीय बैठक बस्ने तयारी रहेको र अनुगमनको विरोध गर्ने व्यापारीको दर्ता नै खारेज सहित कारबाही गरिने मन्त्रालयले जनाएको छ । उपभोक्ता ठग्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने व्यापारीलाई कार्वाही गरिने बताएको छ ।
सोमबार कालिमाटीमा भएको घटनाबाट मन्त्रालय गम्भीर बनेको बताएको छ ।
कालिमाटी तरकारी बजारको सिन्डिकेट तोड्न अब सरकारले कुनैपनि कसर बाँकी नराख्ने मन्त्रालयको दाबी छ ।
यस्तै, सरकारी अनुगमनको विरोधमा नेपाल फलफूल तथा तरकारी व्यवसायीले मंगलबारदेखि तरकारी र फलफूल नबेच्ने घोषणा गरेका छन् । सरकारले पक्राउ परेका व्यापारी रिहा गर्नुपर्ने, जफत २ गाडी तरकारी फर्काउनुपर्ने माग गर्दै व्यापारीले विरोध जनाएका हुन् ।
Shiva Chhetri
Good yasta chor haru lai jel ma halna parxa
Tilak Karki
garnai parxa yadi janatako sarkar ho vane
Chandra Singh Ngyangjo Tamang
एक्शनमा अाउन पय्रो सरकार यो अति अति अती नै भयो ।
Ganesh Shakya
हेर मन्त्री भाई जे काम देखाउनु छ अहिलेनै हाे । याे चुनाैति नि हाे माैका नि हाे । तपाईहरुकाे मुल्यांकन जनताले गरिरहेको छ ।
Meera Heju
यी ठगाहा ब्यापारीहरुलाइ त कोर्रा खुवाउनु पर्ने ।
Nira KC
धेरै राम्रो काम अब हरेक क्षेत्रमा दलालहरूलाई यो देशबाट लखेटनु पर्छ अनि जनताले सुखको सास फेर्ने छन|
Sailendra Bista
I agreed with you
Yashoda Dhakal
Ramro
Raj Shrestha
मंन्त्री ज्यु मिडीयामा गफ दिने हैन स्पोट कारबाही हनु परो यो ठग लाई अनी जनताले राहत पाउने छ र तँपाईको तारिफ हुनेछ
Janak Budha
very good
Krishna Pokhrel
Good news
Dushyanta Silwal
दोष सरकार लाई ठग्ने फाैबन्जार।
Chek Man Waiba
बिचौलियाको अन्त्य गर्नु पर्छ
Ramesh Shrestha
Very good …
Yem Prasad Gurung
Excellent news.
Gokarna Poudel
goods
Sumi Rai
Good
Achyut Adhikari
ई ब्यापारी लाई त 20 बर्ष जेल हल्नु पर्छ मन्त्री ज्यु
Wilson Jo C
Anil kapoor ko nayak filmy style ma thou ko thou karbhahi hos
Durgendra Baral
good
Ram K Rai
बिपक्षीलाई बहाना भो?
Bhim Mgr
good
Gairheshiva Prasad
first do then i like your page
Uttam Chudal
good
Dipendra Singh
Khud bharstchari mantri ho yo
Bishnu Bhandari
sahi ho
Shekhar Sharma
राम्रो काम
Dilaram Khanal
गलत काम मा सहयोग गर्ने लाई सजाय हुनुपर्छ
Ashok Rayamajhi
good
Radha Kc Giri
धेरै भयो दलालको दादागिरी
Ad Nirmal
राम्रो काम को सुरुवात ६ महिना पछि ……
Cheeran Subba
It’s good news for al
Shreedhar Kc
बहुत बहुत ठिक।
Bishnu Abilashi Shrestha
खारेज मात्रै होइन ती फटाह उपभोक्त ठग किसानको पसिनामा पौडिनेलाइ देश निकाला गर्नु पर्छ।
Amit Dhungana
Halla garnu bhanda kaam gare besh hune thiyo mantijiu.
Padam Rana
यस्ता चोर दलालहरुलाई चिसो छेडिमा ४/५ बर्ष सडाउनु पर्छ मन्त्री ज्यु।