नेकपा फुटको असर प्रदेशमाः मुख्यमन्त्रीहरुको कुर्सी डगमगायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ९, २०७७
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी फुटको असर प्रदेशमा पनि देखिएको छ ।
  • नेकपाको मुख्यमन्त्रीहरु रहेका छ वटै प्रदेशमा अस्थिरताको सम्भावना बढेको छ ।
  • प्रदेशका ६ मध्ये कर्णाली र सुदुरपश्चिमबाहेकमा प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थहरु मुख्यमन्त्री छन् ।

नेपाल कम्युनिस्ट पार्टी फुटको असर प्रदेशमा पनि देखिएको छ । नेकपाको मुख्यमन्त्रीहरु रहेका छ वटै प्रदेशमा अस्थिरताको सम्भावना बढेको छ । प्रदेशका ६ मध्ये कर्णाली र सुदुरपश्चिमबाहेकमा प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थहरु मुख्यमन्त्री छन् । उनीहरुविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको छ ।

मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव ल्याएमा कठोर कदम चाल्ने प्रधानमन्त्री ओलीको चेतावनी छ । उनले बुधबार टेलिभिजन अन्तवार्तामा मुख्यमन्त्रीहरुविरुद्ध कदम चालिए आफूले पनि कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।

प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री छन् । त्यहाँका प्रदेशमन्त्रीले गत हप्ता प्रधानमन्त्री ओलीकै राजीनामा मागेका थिए । प्रदेश १ मा नेकपाका कुल प्रदेश सांसदमध्ये प्रचण्ड र माधव पक्षीयको बहुमत छ । त्यहाँ भीम आचार्य मुख्यमन्त्रीको दाबेदार बनेका छन् ।

प्रदेश २ मा राजपाको सरकार छ । त्यहाँ नेकपा प्रमुख प्रतिपक्षी छ ।

वागमती प्रदेशमा डोरमणि पौडेल ओली पक्षधर हुन् । प्रदेशसभामा प्रचण्ड र माधव पक्षको बहुमत छ । पौडेललाई हटाएर प्रचण्ड र माधव पक्षका अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ ।

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ पनि अल्पमतमा परेका छन् । त्यहाँ पनि प्रचण्ड र माधव नेपाल पक्षधर प्रदेश सांसदहरु बढी छन् ।

लुम्बिनी प्रदेशमा ओली पक्ष बलियो छ । शंकर पोखरल मुख्यमन्त्री रहेको यस प्रदेशमा प्रचण्ड र माधव पक्षले साथ नदिए सरकार ढल्छ ।

कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । त्यहाँ ओली पक्ष नहुँदा पनि प्रचण्ड र माधव पक्षको बहुमत छ ।

सुदुरपश्चिम प्रदेशमा पनि नेकपाकै बहुमतको सरकार छ । तर, ओली पक्षको साथ विना पनि प्रचण्ड र माधव पक्षले सरकार टिकाउन सक्छ ।

केन्द्रको राजनीतिक अस्थिरताको असर प्रदेशमा परिसकेको छ । प्रदेशमा पनि सत्ता ढाल्ने गृहकार्य शुरु भएको छ । तर, ओली पक्षले राष्ट्रपतिको शासन चलाउने गरी कदम चाल्न खोजेको छ ।

संविधानको धारा ३ बमोजिम राष्ट्रपतिलाई प्रदेश मन्त्रिपरिषद र प्रदेश सभा छ महिनासम्म निलम्बन गर्न वा बिघटन गर्न सकिने व्यवस्था छ । तर, प्रदेशमा नेपालको सार्वभौमसत्रा, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा निलम्बन वा बिघटन गर्न सक्ने प्रावधान छ । बिघटनलाई संघीय संसदले बहुमतबाट अनुमोदन गराउनुपर्छ । हाल संघीय संसद पनि बिघटन भएको अवस्थामा राष्ट्रपतिले प्रदेश मन्त्रिपरिषद वा प्रदेश सभा बिघटन गरेर जाँदा नयाँ संकट निस्कनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !
सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
सफा र बुटिकसफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
सफा र बुटिकसफा र बुटिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध
सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौति दियो
सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौति दियो